Aamsanchar

घरधनीको छोराले कामदार युवतीसंग यौन सम्पर्क राख्दा….

Author Image
शनिवार, साउन ८, २०७३

balatkar
बिर्तामोड ।
झापाको खुदुनावारी निवासी एक १६ वर्षीया गर्भवती किशोरीको शुक्रबार सुनसरीको वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) बाट प्रहरीले उद्धार गरेको छ ।
स्थानीय सन्तबहादुर गोलेको घरमा घरेलु कामदारको रुपमा बसेकी उनले गोलेको कान्छा छोरा अन्दाजी ३० वर्षका विक्रम गोलेको गर्भ बोकेको र अवैध तरिकाबाट गर्भपतन गराउन लगेको अवस्थामा नागरिक सूचनाको आधारमा प्रहरीले उद्धार गरेको बताइएको छ ।
पीडित किशोरीसाग फोन सम्पर्क गर्दा पााच महिनाको गर्भ रहेको र आफूलाई ललाईफकाई गर्भपतन गराउन लगेको बताएकी छिन् । पीडित किशोरी पााच वर्ष अघिदेखि गोलेको घरमा कामदारको रुपमा बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ । उनले गत भदौदेखि काम छोडेको र पुन: विक्रम गोलेले आफ्नी आमा अस्वस्थ्य भएको बहाना गर्दै उनलाई गत वैशाखदेखि घरमा लगेका थिए ।
यता पीडित परिवारकातर्फबाट पीडक बताइएको विक्रम गोलेलाई पक्राउ गरी न्याय दिलाई पाउा भन्दै प्रहरी समक्ष मौखिक उजुरी दिएका छन् ।
यसैबीच इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार उद्धार गरिएकी किशोरीलाई लिन प्रहरी पठाइसकिएको छ । उनलाई विक्रम गोलेकी काकी, पीडितकी भिनाजु र साथीहरुले गर्भपतन गराउन विहीबार (घोपा) लगेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर