Aamsanchar

झापामा सीमा निर्धारण कसरत शुरु

Author Image
शनिवार, साउन ८, २०७३

भद्रपुर ।
झापा जिल्लाका ८ नगरपालिका र ३३ गाविसलाई स्थानीय तह पुन:संरचना अन्तरगत कसरी गाउपालिका र नगरपालिकाको सीमा निर्धारण गर्ने भनी स्थानीयस्तरमा कसरत शुरु भएको छ ।
झापाका ८ नगरपालिका र ३३ गाविसलाई मर्ज गरी जिल्लामा अधिकतम् १० वटा नगर वा गाउापालिका बनाउने भनी आयोगले निर्देशन जारी गरेपछि जिल्लास्तरीय राजनीतिक दल, विभिन्न संघ–संगठन र जिल्लाबासीबीच भूगोल र सीमा निर्धारणमा आन्तरिक कसरत शुरु भएको हो । झापामा गाउापालिका, नगरपालिका वा उपमहानगरपालिका कति वटा बनाउने भन्ने बिषयमा अहिले झापाबासीमा वहस चुलिएको छ ।
यसै बिषयमा शुक्रवार जिल्ला विकास समिति झापाको सभाहलमा राजनीतिक दलसहित सरोकारवाला निकायसाग भएको बैठकमा राज्य पुन:संरचनाको कार्यशर्त तथा कार्यविधि बारेमा जानकारी गराइएको थियो । स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिका संयोजक तथा झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा बसेको बैठकमा झापाको पुन:संरचना गर्न जिल्लास्तरीय राजनीतिक दलहरुलाई स्थानीयस्तरमा सहकार्य गरी यही साउन १३ गतेसम्ममा आफ्नो निर्णय प्रस्तुत गर्न आग्रह गरिएको थियो ।
नेपालको संविधानमा राज्यलाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तह हुने व्यवस्था गरिएको छ । सोही संविधानको धारा २९५ (३) बमोजिम गाउापालिका, नगरपालिका तथा विशेष, संरिक्षत वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण गर्न स्थानीय विकास अधिकारी ओझाको संयोजकत्वमा योजना अधिकृत सदस्य सचिव हुने व्यवस्था रहेको छ भने सदस्यहरुमा प्रशासन कार्यालय, प्राविधिक कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, वन कार्यालय र तथ्यांक कार्यालयका प्रमुख तोकिएका छन् । जिल्लास्तरबाट आएको सीमा तथ्यांकलाई यस समितिले साउन महिना भित्र सीमाना निर्धारण आयोगमा पठाउनुपर्ने समितिका संयोजक ओझाले बताए ।
राज्य पुन:संरचना अन्तरगत गाउापालिका र नगरपालिकाको आधार र मापदण्ड अनुसार झापामा गाउापालिकाको हकमा न्यूनतम ५० हजार जनसंख्या (वडा संख्या ५देखि १५), नगरपालिकाको हकमा ७५ हजार जनसंख्या (वडा संख्या ९ देखि १८), उपमहानगरपालिका हकमा एक लाख ५० हजार जनसंख्या (वडा संख्या १९ देखि २७) हुनुपर्ने र सदरमुकाम रहेको नगरपालिकाको हकमा ९५ हजार जनसंख्या ( वडा सख्या १९ देखि २७) हुनुपर्ने आयोगको कार्यविधिमा उल्लेख छ ।
यता झापा जिल्लाको पुन:संरचनाको बारेमा जिज्ञासा राख्दा नेपाली कांग्रेसका झापा सभापति उद्धव थापाले सरकारले ल्याएको अवधारणा सान्दर्भिक भएको बताए । उनले साउन ९ गते पार्टीमा आबद्ध भएका जिल्ला तथा क्षेत्रस्तरीय कार्यकर्तासाग छलफल गरी झापाको स्थानीय तह पुन:संरचनाको खाका तयार गरी सार्वजनिक गरिने बताए । नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठकले तल्लो तहलाई दिएको अवसरलाई ध्यानमा राखी एमालेले झापालाई उपमहानगरपालिका बनाउने योजनाका साथ अघि बढ्ने र सोही अनुसार पार्टीमा छलफल गरिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले सरकारले ल्याएको अवधारणा सकारात्मक भएकोले आ–आफ्नो क्षेत्रबाट छलफल गरी हरेक क्षेत्रको सल्लाह र परामर्श लिएर सहमतिको आधारमा जानुपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर