Aamsanchar

महिला क्रिकेट काठमाडौंमा शुरु हुँदै

Author Image
शनिवार, साउन ८, २०७३

काठमाण्डौं ।

Rubina-Chhetri1-244x300

महिला राष्ट्रिय क्रिकेट टोलीको छनोटका लागि काठमाडौंमा आज प्रतियोगिता शुरु हुँदैछ ।

 

विभिन्न ६ समुहबीच प्रतिस्पर्धा गराई ती टोलीबाट उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने खेलकुद परिषद्को तयारी छ । आगामी अक्टोबरमा हङकङमा हुने महिला विश्वकपको एसियाली छनोटमा प्रतिस्पर्धा गर्न खेलाडी छनोट प्रक्रिया अघि बढाइएको राखेपले जनाएको छ ।

 

सहभागी टोलीलाई दुई समुहमा विभाजन गरी प्रतियोगीता सञ्चालन हुने आयोजकले जनाएको छ । आज पहिलो दिन सशस्त्र प्रहरीको एपीएफ क्लब र मध्याञ्चल तथा पुर्वाञ्चल र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह सुरु हुने आयोजकले जनाएको छ ।

 

महिला विश्वकपको एसियाली छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोलीले ग्लोबल छनोट खेल्ने अवसर पाउनेछ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर