Aamsanchar

पहाडमा पहिरो, तराईमा डुबान

Author Image
आइतवार, साउन ९, २०७३

झापा,

duban-660x330

लगातार पानी परेका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर पानी परिरहेकाले पूर्वी नेपालका साना ठूला सबैजसो नदीमा पानीको स्तर बढेको छ ।

जसका कारण पहाडी भेगमा पहिरो जाने तथा समथल क्षेत्र डुबानमा पर्ने गरेको छ । ती क्षेत्रमा अझै तीन दिनसम्म लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेसम्म मोरङमा ३ सयभन्दा बढी, सप्तरीमा १ सय ५० भन्दा बढी, झापाको बिर्तामोड र भद्रपुरका १ सय भन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

कन्काई नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास बढेको छ । जसका कारण झापाको विभिन्न ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

पानी परिरहेकाले पानीको सतहले चेतावनीको तह पार गर्ने सम्भावना बढेको हो । कन्काईमा पानीले सतहले खतरा पार गरे झापाको सतासीधाम, सुरुंगा, शिवगन्ज, सर्नामाडी, पाँचगाछी, कुमरखोड, कोरोवाडी, र महाभारामा बाढी आउनसक्ने जनाइएको छ ।

यता, बक्राहा खोला गाउँमा पसेपछि मोरङको मदुमल्ला, केरौन र हसनदह डुबानमा परेको छ । यसैगरी विराटनगरको वडा नम्बर ६ बखरी टोल पनि डुबानमा परेको छ ।

यसैबीच सप्तकोशीमा पानीको सतह २ लाख हजार ४ सय ५० क्यूसेक पुगेपछि ३० वटा ढोका खोलिएको छ । भारतले ढिलो बाँध खोल्दा बाढीले आसपासका गाउँ विकास समितिमा कटान थालेको छ ।

पानीको बहाव बढेपछि उदयपुर, सुनसरी र सप्तरीका डेढ दर्जन गाविसका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन् । बाढीले पूर्वी तटबन्धमा कटान थालेकाले कोशी प्रभावित क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर