Aamsanchar

जथाभाबी बाटो काट्नुहुन्छ ? सावधान !! प्रहरीले पक्रेला

Author Image
आइतवार, साउन ९, २०७३

काठमाडौं:

1-IMG_3492-520x390

ट्राफिक प्रहरीले जथाभाबी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आइतबारदेखि लागू हुने गरी पैदलयात्रीलाई केन्द्रित गरेर नयाँ योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका केन्द्रित गरेर पैदलयात्रीको सुरक्षाका लागि जेब्राक्रसबाट बाटो काट्ने र जेब्राक्रसलाई नटेर्ने चालकमाथि साताव्यापी कार्यक्रम गर्न लागेको हो ।

सडकमा जेब्राक्रस मेटिनु र पैदलयात्रीले बाटो काट्न खोज्दा चालकले गर्ने व्यवहारप्रति गुनासो बढेपछि महाशाखाले साताव्यापी कार्यक्रम गर्न लागेको हो । केही घटनामा पैदलयात्रीले धेरैमा सवारीचालकले सडक अनुशासन उल्लंघन गरेको विश्लेषण महाशाखाको छ । सुरुको साता पैदलयात्री र सवारीचालकलाई सम्झाइबुझाई गर्ने र दोस्रो सातादेखि जनचेतनास्वरूप एक घन्टा कक्षा लिने तयारी गरेको जानकारी महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले दिए ।

महाशाखाका अनुसार उपत्यकामा ठूलासाना गरी दैनिक ३६ वटा सवारी दुर्घटना हुँदै आएका छन् । पैदलयात्रीको लापरबाहीबाट औसतमा १५ दिनमा ११ वटा दुर्घटना हुने गरेका छन् । जेब्राक्रसिङमा बाटो काट्दा चालकले किचौंलाझैं गरी सवारी हाँक्ने गरेको गुनासो बढी आएको अर्यालले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐनमा जेब्राक्रसिङमा सवारीसाधन रोक्नुपर्ने र नरोकेमा दुई सयदेखि एक हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर