Aamsanchar

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि

Author Image
सोमवार, साउन १०, २०७३

भक्तपुर।

download (1)

परीक्षा नियन्त्ण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ ।

कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिनुभयो । उहाँले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिनुभयो ।

परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै उहाँले एक लाख ४७ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बताउनुभयो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको बताउनुभयो ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको छ ।

परीक्षा साउन १४ देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर