Aamsanchar

शौच गर्न निस्किएकी बालिका बलात्कृत

Author Image
मङ्गलवार, साउन ११, २०७३

वीरगन्जः

NP_20150826_RLRAPE_979715

शौच गर्न घर बाहिर निस्किएका बेला वीरगन्जको रामटोलमा एक बालिका बलात्कृत भएकी छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोलका १८ बर्षीय मुन्ना भन्ने हमिद राज आलमले आफ्नै छिमेककी १२ बर्षीया बालिका बलात्कार गरेका हुन् ।

 

आइतबार बिहान ४ बज शौच गर्न घर बाहिर निस्किएका बेला बालिकालाई आलमले जबरजस्ती नियन्त्रणमा लिएर टोलमै रहेको हनुमान मन्दिर सार्वजनिक धर्मशालामा जबरजस्ती करणी गरेको आरोप छ ।

 

आरोपित आलमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । आलमले जबरजस्ती गरेपछि बालिकाले होहल्लाा गर्दै गुहारेपछि स्थानीयले आलमलाइ नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएको प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए ।

 

पीडित बालिका र आरोपित आलमको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेका आलमलाई जिल्ल प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर