Aamsanchar

आमाको नाममा जसले पढाउदैछ ७ गरीब विद्यार्थी

Author Image
बिहिवार, साउन १३, २०७३

arjun c

बिर्तामोड ।
झापा बिर्तामोडका व्यवसायी तथा सामाजिक कार्यमा सक्रिय युवा अर्जुन चुडालले आफ्नी स्वर्गीय आमा देवीमाया चुडालको स्मृतिमा १० लाख रूपैयााको अक्षयकोष स्थापना गरी गरीब तथा जेहेन्दार सात जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेका छन् ।
बिर्तामोड–७ निवासी चुडालले उक्त अक्षयकोषको व्याजबाट यसै बर्षदेखि कक्षा ११मा अध्ययन गर्ने ७ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेका हुन् । मनकामना कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने छात्रछात्राका लागि कलेजसागको सहकार्यमा उक्त छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा ११मा छात्रवृत्ति पाएकाले कक्षा १२मा पनि सो छात्रवृत्ति स्वत: प्राप्त गर्ने तथा ती मध्ये उत्कृष्ट दुई जनालाई स्नातक तहमा समेत छात्रवृत्ति प्रदान गरिने चुडालले जानकारी दिए । छात्रवृत्ति पाउनेहरुमा कनकाई नपा–१की ब्राइट फ्युचरबाट एसएलसी उत्तीर्ण सिर्जना गिरी, मोरङकी बालदेवदूत विद्या मन्दिरकी आरती परियार, बिर्तामोड–७ घर भई इडन गार्डेनकी काजलकुमारी साह, गरामनी–४ घर भई लालीगुराासकी सपना राजवंशी, गरामनी–७ घर भई महेन्द्ररत्न उमाविमा अध्ययन गर्ने मनिष बस्नेत रहेका छन् ।
त्यस्तै सहारा नेपालका सदस्यका छोराछोरी मध्येबाट महेन्द्र ज्योतिका प्रशन्न राय क्षेत्री र मेची इङ्लिस स्कूलकी रेशिका मावो रहेका छन् । ताराप्रसाद सञ्जेल, कुमार थपलिया, भेषराज चम्लागाई, अर्जुन चुडाल, श्रीप्रसाद चुडाल, कपिल सापकोटा र झुमा भट्टराईसहितको छनौट समितिले अन्तरवार्ता तथा विद्यार्थीको घरको समेत स्थलगत अध्ययन गरी बुधवार नतिजा सार्वजनिक गरेको हो । छात्रवृत्ति प्राप्त गर्नका लागि न्यूनतम् वी प्लसभन्दा माथिल्लो अंकका साथ एसएलसी उत्तीर्ण हुनुपर्ने मापदण्ड तोकिएको थियो । सात जनालाई प्रदान गरिने छात्रवृत्तिमध्ये दुई जना सहारा नेपाल साकोसका शेयर सदस्यका छोराछोरी मध्येबाट छनौट गरिएको हो । चुडाल सहारा नेपाल साकोसका सञ्चालक समिति सदस्य समेत हुन् ।
आफूहरूलाई पढाउनका लागि आमा देवीमायाले गरेको दु:ख तथा धेरै पढ्ने चाहना हुादाहुादै पनि आर्थिक समस्याका कारण पढ्न नसकेको यथार्थ मनन गरी गरीब तथा जेहेन्दार विद्यार्थीले यस्तो समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको चुडालले बताए ।
उनी वीरता जेसीजका सदस्य, नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य तथा आदर्श ल्याण्ड एण्ड हाउजिङका सञ्चालक हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर