Aamsanchar

बडो पीर छ हजुर

Author Image
बिहिवार, साउन १३, २०७३

क्यान्सरपीडितलाई सहयोग

पथरी (मोरङ) ।

बोनम्यारो क्यान्सरबाट पीडित मोरङ बयरबन–३ का सन्दीप सेन्चुरीको उपचारका लागि हङकङमा रहेका तीनजना युवाले संयुक्तरुपमा २१ हजार ४०० रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ ।

सन्दीपको पीडाबारे एक महिनाअघि  समाचार आएपछि हङकङमा रहेका मोरङ बयरबनमा स्थानीयवासी अनोज रोक्का, समाजसेवी हरिहाङ तिगेला र मज्जा राई खिम्दुङले संयुक्त रुपमा पठाएको उक्त रकम सञ्चारकर्मी हरि कोइराला, गोपालप्रसाद पोखरेल र तेजन खड्काले सन्दीपकी आमा तारा र बाबु नगेन्द्रलाई गाउँमै पुगेर हस्तान्तरण गर्नुभयो ।

सहयोग रकम पाएपछि सन्दीपका बुबा नगेन्द्रले दाताहरुप्रति धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ । बाबु नगेन्द्रले भन्नुभयो, “केही गरौँ भन्ने उमेरमा छोरो जीवन र मरणको दोसाँधमा छ । बडो पीर छ हजुर । यो सहयोगको गुन कहिल्यै बिर्सनेछैनौँ ।”

छोराको उपचारका लागि हालसम्म रु सात लाख सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा सन्दीपको परिवार, समाजसेवी शैलेन्द्र थोक्लेन, गणेश मादेनलगायत स्थानीयवासीको उपस्थिति थियो । रासस
––––––

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर