Aamsanchar

बाढीपहिराका कारण ७५ को मृत्यु

Author Image
शुक्रवार, साउन १४, २०७३

काठमाडौँ ।

Landslide

गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ ।

मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा सात, बागलुङमा छ, पाल्पा र रोल्पामा चार चार, मकवानपुरमा तीन, अर्घाखाँची, झापा र रूपन्देहीमा दुई दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु, बारा र सप्तरीमा एक एक जनाको मृत्यु भएको छ ।

प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बागलुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रूपन्देहीमा एक एक जना घाइते भएका छन् ।

यसैगरी प्युठानमा चार, अर्घाखाँचीमा दुई, झापामा दुई तथा सुनसरी, दाङ, कास्की र कपिलवस्तुमा एक एक जना बेपत्ता भएको जनाइएको छ । यसअघि बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या ६६ रहेकामा आज थप नौ जनाको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर