Aamsanchar

बाढी पिडितमा पलायो आशा र भरोसा

Author Image
शुक्रवार, साउन १४, २०७३

ठुलो परिवार अनी परिवारलाई धान्न धौ धौ हुने पेशा कृषी, खेतमै घर अनी खेतलाई नै संसार र स्वर्गीय ठाउ मानेर सदिऔ देखी दुखभुक्त गर्दै आएका विपन्न वर्गका जनता, शिक्षा र सामाजिक चेतनामा पनी कमी भएका पिछडिएको समुदाय झापा भद्रपुर नगरपालिका १ भैशाबाडी र केचना गाविस वडा नं. ७,८ पगलिभिट्टा अनी पाठामारी गाविस वडा नं. ९ फुलबारी लगायतको गाउमा मेचीखोला पसेपछी निम्तिएको विपत हेर्दा जो कोहिको मुहारमा हासो हराउछ र भन्छन कठै यस्तो बिपत कहिलै र कसैलाई नपरोस ।

_MG_0514-Pano

झापा पृथ्वीनगर ८, हिमाली उच्च माद्ययमिक विद्यालयमा आश्रय लिएर बसेका बाढी पिडितलाई सान्तवता दिदै महामन्त्रि लिङदेन । 

 

पिडाको वेला सहानुभुती वाहेक ठोस दिर्घकालिन योजना सुन्न नपाएका बाढी पिडितको मुहारमा साउन १३ गते हासो,आशा र भरोसा पलाएको समसुस गर्न पाएका छन पिडितले। उनिहरुको मुहारमा हासो र भरोसा दिलाएका थिए । सो क्षेत्रका नेता, राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेन र जिल्ला, क्षेत्र अनी गाउ“ स्तरिय राप्रपका नेता तथा कार्यकर्ताले । प्रत्यक्ष बाढी पिडित भैसाबाडीका १२६ घर परिवारका ६३७, पगलीभिट्टका १६० घर परिवारका ५२०, फुलबारीका १३० घरका ६५० जना पिडितलाई भेटेर नेता लिङदेनले उनीहरुको दुःख पिडाबारे जानकारी लिएका थिए । सोही क्रममा भैशाबाडी र पाठामारीका बाढी पिडितलाई एक एक लाख र अत्यन्त निम्न बर्गका बाढी पिडित विरामी निमलाल गणेशलाई रु २५ हजार आर्थिक सहयोग पनी गरे ।

 

_MG_0586

परिवार विस्तापित बनेको घर 

 

तत्कालको समस्या सामाधानगर्न २ हजार बोरा उपलब्ध गराउने र दिर्घकालिन समस्या सामधान गर्न नदी कटान क्षेत्रमा तटबन्धन गर्न राष्ट्रिय स्तरमा पहल गर्ने लिङदेनले बताएपछी पिडितको मुहारमा खुशीयाली छाएको थियो । बाढी प्रभावित क्षेत्रमा महामन्त्रि लिङदेन संग झापा जिल्ला बरिष्ट उपाध्यक्ष कमल खरेल, पार्टी जिल्ला प्रवक्ता इन्द्रसिंह राजवंशी, जिल्ला सदस्यहरु देवी दंगाल, सिता लम्साल, निमसरी राजवंशी, रुद्रमणी आचार्य र क्षेत्रिय अध्यक्ष देवेन्द्र कन्दङवा लगायत प्रभावित क्षेत्रमा पुगेका थिए ।

 

 

_MG_0495

स्थानिय सर्वपछिय संघ संस्थाले उपलब्ध गराएको खाना खान तयार बन्दै विस्तापित सर्बसाधारणहरु । 

तस्वीरहरु : विनोद पाण्डे/आमसंचार

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर