Aamsanchar

यो साता तपाईको भाग्य(राशीफल) यस्तो छ

Author Image
शुक्रवार, साउन १४, २०७३

साउन १४ देखि २० गते सम्मको राशीफल

rasifal

मेष 
मन मिल्ने साथीको नौलो प्रस्तावले दोधारमा परिनेछ । समयमै होस पुर्‍याउँदा दुवैको कल्याण हुनेछ । आर्थिक प्रभुत्व जमाउन केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा दिगो लगानीको अवसर प्राप्त हुँदा उत्साह जाग्नेछ । नीलो रंगको प्रयोग फाइदाजनक देखिन्छ । स्वास्थ्यसम्बन्धी गडबडीले सताउन सक्छ ।

वृष 
मनोबल उच्च रहनेछ । विशिष्टजनको सल्लाहमा गरिएका कार्य सफल हुनेछन् । भूमि खरिद–बिक्रीमा नोक्सान हुनेछैन । शारीरिक श्रम गर्न सके स्वास्थ्य अनुकूल रहनेछ । साहित्यिक गतिविधिमा सहभागी हुने अवसर जुट्नेछ । सप्ताहन्तमा अध्ययन–अध्यापनमा अवरोध देखा पर्न सक्छ ।

मिथुन 
प्रतिष्ठा जोगाउन सवारी साधन खरिद गर्ने बाध्यता आइलाग्नेछ । अर्काको काममा अलमलिँदा महत्वपूर्ण काम ओझेलमा पर्न सक्छ । अनुभव नभएको व्यवसायले लाभ दिन गार्‍हो छ । शुभ तथा मांगलिक कार्यमा धन खर्च हुनेछ । छोटो दूरीको यात्राले पनि बढी समय खर्च गराउनेछ ।

कर्कट 
अन्तर्वार्ता तथा परीक्षाहरूमा सहभागी हुँदा राम्रै परिणाम प्राप्त हुने सम्भावना छ । अवसरले थप मेहनतको अपेक्षा गरेको छ । अभिभावकको रुचिको ख्याल गर्दै धार्मिक स्थलहरूको भ्रमण गर्नुपर्ने हुन सक्छ । अपांग तथा वृद्धवृद्धाहरूलाई मन तथा धनले सहयोग गरी पूण्य आर्जनमा समय खर्च गर्नुहोला । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

सिंह
विदेश भ्रमणको प्रयत्न खेर जानेछैन । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेम सबन्धनमा तुसारापात हुने सम्भावना छ । खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् । प्रतिस्पर्धाले प्रगति गराउनेछ ।

कन्या 
वादविवादमा अघि सर्नु उपयुक्त हुँदैन । माङ्गलिक कार्यको प्रस्ताव आए पनि विचार पुर्‍याएर निर्णय गर्नुहोला । अध्ययनका निम्ति विदेश जाने प्रक्रियालाई तीव्रता दिँदा अपेक्षाअनुरूपको नतिजा हात लाग्न सक्छ । विशिष्ट व्यक्तिको सुझावबाट सकारात्मक मार्ग पहिल्याउन सकिनेछ । साताको अन्त्यमा नशासम्बन्धी समस्याले सताउन सक्छ ।

तुला 
पुण्य कार्यमा धन खर्च हुनेछ । अलमल गरी सुस्त गतिमा गरिएका कार्यबाट अपजसको सामना गर्नुपर्ला । गोपनीयता भंग भै कार्य सम्पन्न गर्न धक्का पुग्न सक्छ । आलस्य तथा विलासिताबाट टाढै रहनु आफ्नो हितमा हुनेछ । आर्थिक कारोबारका नोक्सान कम गर्न अभिभावको सुझावले बाटो देखाउनेछ । चिसोबाट जोगिन विशेष सावधानी अपनाउनुहोला ।

वृश्चिक 
कम बोली धेरै काम सम्पन्न गर्न सके परिणाम आफ्नै पक्षमा हुनेछ । जटिल परिस्थितिका बीच प्रारम्भ गरिएका कार्यले उचित स्थान पाउनेछ । मन पराउनेहरू दोधारे मनस्थितिमा छन्, परिस्थितिमुताविक व्यवहार गर्नुहोला । प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मसात् गर्न सके नयाँ उचाइमा पुगिनेछ । सेतो रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।

धनु 
शिक्षाक्षेत्रमा लगानी गर्दा बढी मुनाफा आर्जन गर्न सकिनेछ । साथीहरूसँग भ्रमणमा अलमललिँदा उल्टै खर्चको भार थपिनेछ । अभिभावकको वचन परिवर्तनले मनमा चोट पुग्न सक्छ । शारीरिक आलस्यताले बन्न लागेको काम फुत्कनेछ, समयको ख्याल गर्नुहोला । खानपान तथा भोजभतेरमा सामेल हुँदा स्वास्थ्यप्रति सजग रहनुपर्नेछ ।

मकर 
मन पराउनेहरूसँग ठाकठुक परे पनि साथीभाइको भूमिकाका कारण विवाद मत्थर हुनेछ । नयाँ स्थानमा विशेष लगानीको वातावरण बन्दैछ । अर्काको कुरामा लाग्दा कतिपय काममा धोका भै आर्थिक नोक्सानीले पिरोल्न सक्छ । विगतका कमी–कमजोरी सच्याउँदै अघि बढ्नुहोला । सवारी साधन चलाउँदा होसियारी अपनाउनुपर्नेछ । मनोरञ्जन, सामाजिक सञ्जाल तथा भोजभतेरमा समय खर्च हुनेछ ।

कुम्भ 
विदेशमा भएका मित्रहरूले व्यवसायमा लगानी गर्न प्रस्ताव राख्नेछन् । उक्त काममा ढिलाइ नगर्नुहोला । धातुमा लगानी गर्दा मनग्य आर्थिक लाभ हुनेछ । वृद्ध एवं असहायहरूको सेवा गर्न सके आशीर्वाद बर्सिनेछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन 
आकर्षक सवारी साधन खरिद गर्ने वातावरण बन्दैछ, जसलाई परिवारले अनुमोदन गर्नेछ । सोमबार र मंगलबार सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै सहज रूपमा विभिन्न अवसर जुट्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर