Aamsanchar

अपराधको कहालीलाग्दो दृश्य,बर्ष दिनमै पाँच सय ९८ को हत्या

Author Image
शनिवार, साउन १५, २०७३

काठमाडौं, ।

25-crime-special-up-300

देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् । हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा अपराधका २८ हजार पाँच सय ६३ घटना दर्ता भएका छन् । अपराधका घटना आव ०७१/७२ मा २८ हजार ७० थिए । आव ०७०/७१ मा भने २७ हजार तीन सय ८६ घटना भएका थिए । प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले प्रहरीको सक्रियताले अपराधको वृद्धिदर घटेको बताए । बलात्कार तथा मानव बेचबिखन, ठगीजस्ता सामाजिक अपराधका घटना भने बढ्दै गएको प्रहरीको तथ्यांक छ । डाँका–चोरी, लागुऔषधका घटना पनि बढेका छन् ।

कालोबजारीसम्बन्धी कारबाही करिब तीन गुना बढेको छ । अघिल्लो वर्ष ९४ मुद्दामा कारबाही भएकोमा आव ०७२र७३ मा तीन सय ४४ मुद्दामा कारबाही भएको छ । अघिल्लो वर्ष ७० जनाको अपहरण भएकोमा गत आवमा ७७ जनाको अपहरण भएको छ ।

बलात्कारका घटना अघिल्लो वर्ष नौ सय ८१ रहेकोमा गत आवमा एक हजार ९० रहेको तथा मानव बेचबिखनका घटना एक सय ८१ बाट बढेर दुई सय १२ पुगेको प्रहरीको तथ्यांक छ ।

एक वर्षमा पाँच सय ९८ को हत्या

दैनिक १२ आत्महत्या प्रहरीको तथ्यांकअनुसार औसतमा दैनिक १२ नेपालीले आत्महत्या गर्ने गरेका छन् । आव ०७२र७३ मा चार हजार ६ सय ६७ जनाले आत्महत्या गरेका छन् ।

उपत्यकामा मात्र दैनिक दुईजनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । आत्महत्याका घटना बढेका छन् । अघिल्लो आवमा चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेको थिए । धेरैले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ । तीन हजार तीन सय ६६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

एक हजार एक सय ८३ ले विष सेवन, ३० ले शरीरमा आगो लगाएर, ६५ ले हाम फालेर, चारजनाले करेन्ट लगाएर, १३ जनाले हातहतियार प्रयोग गरेर तथा ६ जनाले पानीमा हामफालेर आत्महत्या गरेको प्रहरी तथ्यांक छ । आव ०७२/७३ मा देशभर ५९८ को हत्या भएको प्रहरीको तथ्यांक छ । तीमध्ये एकको डाँका समूहद्वारा हत्या भएको हो । ६ सय ६४ जनामाथि हत्या प्रयास भएको छ । प्रहरीका अनुसार हत्याका घटना केही घटेका छन् । आव ०७१/७२ मा भने ६०८ को हत्या भएको थियो भने ७०५ को हत्या प्रयास भएको थियो ।

मध्यमाञ्चल र उपत्यकामा अपराध धेरै प्र्रहरीको तथ्यांकअनुसार उपत्यका र मध्यमाञ्चल क्षेत्रमा धेरै अपराध हुने गरेको छ ।

आव ०७२र७३ मा उपत्यकामा ६ हजार ३९९ र मध्यमाञ्चलमा ६ हजार ३७७ अपराधका घटना भएका छन् । पूर्वाञ्चलमा ६ हजार २४७, पश्चिमाञ्चलमा पाँच हजार ९०३, मध्यपश्चिममा दुई हजार ९१७ र सुदूरपश्चिममा एक हजार ५०७ घटना भएका छन् । -नवराज मैनाली,नयाँ पत्रिका दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर