Aamsanchar

सहमतिको बन्ने सम्भावना न्यून

Author Image
शनिवार, साउन १५, २०७३

काठमाडौं।

download

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन् । गोरखा समाज सेवा केन्द्र काठमाडौंको ११औं साधारणसभा एवं आठौं अधिवेशनकाक्रममा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको बताउँदै भने–‘प्रमुख दलबीच सरकारमा सहमति हुन नसके पनि एजेन्डामा सहमति गर्नेतर्फ लाग्नुपर्छ ।’

नेता श्रेष्ठले संविधान कार्यान्वयन, संघीय, प्रान्तीय, स्थानीय तहको निर्वाचन, शान्ति–प्रक्रियाको काम र भूकम्पको पुनःनिर्माणको कामलाई पूरा गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानु मुख्य चुनौती भएको उल्लेख गरे ।

उनले गोरखाभित्रका पर्यटकीय क्षेत्रको पहिचान, जलविद्युत् आयोजनाको निर्माण, कृषि क्षेत्रको विकास, जडीबुटीको पहिचान गरेमात्र त्यहाँको विकास गर्न सकिने स्पस्ट पारे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर