Aamsanchar

सर्वसाधारण आफैँले बाँध निर्माण सुरु गरे

Author Image
आइतवार, साउन १६, २०७३

मोरङ।

sdc13014-300x200

हप्ता दिनअघि बक्राहा खोलाको बाढीले भत्काएको बाँध निर्माणमा मोरङको राजघाट–३ गंगटे क्षेत्रका सर्वसाधारण आफैँले बाँध निर्माण सुरु गरेका छन् ।

एक हप्ताअघि आएको बाढीले सो बाँध भत्काउँदा राजघाट–३ क्षेत्रको १५० मिटर जमिन कटान गरेको थियो । स्थानीयवासी अगुवा नारायण बस्नेतका अनुसार सरकारी निकायलाई बाँध निर्माणका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि गाउँले मिलेर तटबन्ध निर्माण सुरु गरेका हुन् ।

स्थानीय घलेश्वर राईका अनुसार सो गाउँका सबै सर्वसाधारणले आ–आफैँ रकम उठाएर बक्राहाको बाँध निर्माणका लाग्ने सामग्री खरिद गरेका हुन् । राईका अनुसार वर्षा भएपछि खोलामा बाढी आएर गाउँ पस्ने डरले राजघाट–३ का स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् । सो बक्राहा खोलामा आएको बाढी राजघाट–३ हुँदै गाउँ पस्दा गोविन्दपुर, राजघाट, सिजुवा, सौठा, दुर्गापरीलगायतका एक दर्जन गाविसका एक लाख जनता विस्थापित हुने स्थानीयवासी अगुवा नारायण बस्नेतको भनाइ छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर