Aamsanchar

एलजी टीभीबाट एकै घरमा दुई पटक आगलागी

Author Image
आइतवार, साउन १६, २०७३

बिर्तामोड।

tvlg

टेलिभिजन (टीभी) बाट पनि आगलागी हुन्छ भन्दा पत्याउन गाह्रो पर्ला । तर, बिर्तामोडमा यो साता एउटै घरमा दुई पटक टीभीबाट आगलागी भएको छ । बिर्तामोड–६स्थित हरिकिसन अग्रवाल(रतन निवास)को घरमा साउन ७ गते शुक्रवार साँझ र १५ गते शनिवार दिउँसो टीभीबाट आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
हरिकिसनका छोरा रोहितका अनुसार घरमा जडान गरिएको एलजी कम्पनीको टीभीबाट आगलागी भएको हो । अग्रवालको घरमा दुईपटक भएको आगलागीबाट २० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । ‘दुबैपटक एलजी टीभीबाट आगलागी भयो’– रोहितले भने– ‘विद्युतको प्लग र केवल टीभीको प्लग केही भएको छैन, टीभीभित्रबाट आगो निस्किएको छ ।’
टीभी नखोलेको अवस्था र विद्युत स्वीच पनि अफ भएको बेला आगलागी भएको बताइएको छ । विद्युत सट र वायरिङको खराबीका कारण आगलागी भएको नभई टीभीकै खराबी भएको इलेक्ट्रिसियन नेत्र लामिछाने बताउँछन् । टीभीको पछाडि रहेको ‘आइसी’ पड्केर आगलागी भएको र यो एलजी कम्पनीको कमजोरी रहेको रोहितले बताए । अग्रवाल परिवारले दुबैपटक घटनाको छानविनका लागि बिर्तामोड प्रहरीमा निवेदन दिएको छ । आगलागी घटनाका प्रत्यक्षदर्शी रमेश अग्रवाल घटनाको अनुसन्धान गरी यथार्थ सार्वजनिक गर्नुपर्ने र अन्यत्र यस्तो घटना हुन नपाओस् भनेर सचेत हुनुपर्ने बताउँछन् ।tvp


घटनास्थल पुगेका बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी टीभीबाट भएको आगलागीको घटनाले अग्रवाल परिवार आतंकित भएको बताउँदै टीभी कम्पनीले घटनास्थलमा आएर यथार्थ अध्ययन गर्नुपर्ने जनाए । टीभीबाट आगलागी भएको घटनाले आफूलाई पनि झस्काएको र अब सबै सचेत हुनुपर्ने रेडक्रस सोसाइटी बिर्तामोडका सभापति एवम् वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटी बताउँछन् ।

अग्रवालको घरमा सातादेखि पुराण लागीरहेको छ । घटनाबाट त्यहाँ आउने अरु पनि त्रसित भएको बताइएको छ । एलजी टीभीको बिर्तामोडस्थित डिलरका प्रतिनिधि घटनास्थल पुगेर जानकारी लिनुका साथै कम्पनीलाई घटना बारे अनुसन्धानका लागि आग्रह गरिएको बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर