Aamsanchar

अलैची पनि नक्कली, नेपाली अलैचीमा मिसावटको षड्यन्त्र

Author Image
सोमवार, साउन १७, २०७३

alaichiii
भद्रपर ।
नेपाली अलैंची व्यवसायीहरुले विभिन्न मुलुकबाट भित्रिएको आशंका गरिएको केही नक्कली अलैंची नेपाली अलैंचीमा मिसावट भई निर्यात भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघ तथा जिल्ला–महासंघमा आबद्ध पदाधिकारी तथा सदस्यहरुबीच वर्ष ०७२ ०७३ को वार्षिक प्रगति प्रस्तुति तथा अलैंचीको गुणस्तर सुधारसम्बन्धी नेपाल अलैंची व्यवसायी महासंघद्वारा आइतबार विर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा केन्द्रीय तथा जिल्ला तहका व्यवसायीले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
केही दिनयता भारतीय सञ्चार माध्यमहरुले नेपालबाट भारत निकासी भइरहेको अलैंचीमा नक्कली अलैंची मिसाइएको भन्ने समाचार प्रकाशित–प्रसारित गरेपछि यो विषयले नेपाली व्यवसायीलाई चिन्तित तुल्याएको हो । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरमा उत्कृष्ट छवि बनाअन्तर्राष्ट्रिय ट्रेडमार्क प्राप्त गर्ने प्रक्रियामा नेपाल अलैंची व्यवसायी महासंघ क्रियाशील रहिरहेको बेला नक्कली अलैंची बजारमा भेटिनु रहस्यमय र नेपाली व्यवसायीका लागि चिन्ताजनक विषय भएको भन्दै कार्यक्रमको अध्यक्षता गरिरहेका महासंघका अध्यक्ष निर्मल भट्टराईले भेलामै त्यस्तो अवाञ्छित क्रियाकलापमा कोही संलग्न भएको पाइएमा कान’नअन’सार कारवाही गर्नका लागि महासंघले सम्बन्धित निकायलाई सिफारिश गर्ने चेतावनी दिए । ‘क्षणिक प्रलोभनमा परी नेपाली अलैंचीको साख गिराउने कार्य कोही पनि किसान तथा व्यवसायीहरुबाट नहोस्’, अध्यक्ष भट्टराईले भने– ‘कोही संलग्न रहेको पाइएमा कारवाहीका लागि महासंघ पछि हट्ने छैन ।’
भारतीय व्यवसायीहरुको समेत सहभागिता रहेको अन्तरक्रियामा भारतीय व्यवसायीहरुले नेपालबाट भारत निर्यात भइरहेको अलैंचीमा केही अलैंचीजस्तै देखिने वस्तु मिसावट भएको पाइएकोले त्यहाँबाट हुने निर्यातमा पनि समया आएको र मूल्यमा पनि गिरावट आएकोले नेपाली अलैंची उत्पादक, व्यवसायी तथा निर्यातकर्ताहरुलाई सचेत रहन आग्रह गरे ।
महासंघका उपाध्यक्ष राजकुमार कार्कीले सञ्चालन गरेको कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा संरक्षक राजेन्द्र घिमिरेले महासंघ स्थापना भएदेखि नै अलैंचीको गुणस्तरप्रति गम्भीर रहेको उल्लेख गर्दै विगतमा गुणस्तर सुधारका पक्षमा गरिएका केही निर्णयहरु अहिले पनि कार्यान्वयन ह’न नसकेकोमा चिन्ता जताए । ‘हामी व्यवसायीमै पनि कमी–कमजोरी छ’, उनले भने– ‘महासंघले विगतमै प’ल्ठो लगाउन नपाइने, ध’लो मिसिएको अलैंची नलिनेजस्ता निर्णय भएका थिए, ती पूर्णरुपमा कायाृन्वयन भएजस्तो मलाई चाहिा लाग्दैन ।’ उनले अलैंचीको विकासमा सरकारले यथोचित ध्यान पुऱ्याउन नसकेको उल्लेख गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले स्वागत गरेको कार्यक्रममा महासचिव ओमकृष्ण विमलीले हालसम्म महासंघले गरेका गतिविधि र भावी कार्यक्रम तथा ग’णस्तर स’धारसम्बन्धी प्रतिवेदन भेलामा प्रस्तुत गरेका थिए भने भेलाको सुझावसहित गुणस्तर सुधारका लागि महासंघले केही विषयमा महासंघले निर्णय गरेको छ । महासंघका संरक्षक घिमिरे, सल्लाहकारहरु दिनेशकुमार मित्तल, मित्रप्रसाद काफ्ले, श्याम वंशल, गणेशप्रसाद पौडेल, पृथ्वीराज गोयललगायतको सुझावका आधारमा चुरुम्फोको खरिद–बिक्री बन्द गर्ने, नक्क्ली अलैंची कहााबाट कसरी भित्रिरहेको छ भन्ने खोजी गरी संलग्नलाई कारवाही गर्न जोड दिने, जिल्ला तथा केन्द्रीय तहमा प’ल्ठो लगाएर निर्यातयोग्य अलैंचीको पुच्छर डढाउने कार्य तत्काल बन्द गर्ने, रोग नियन्त्रणका लागि प्राविधिकहरुको सहयोगमा गाउास्तरमा पनि कार्यक्रमजस्ता महत्वपूर्ण निर्णयहरु महासंघले गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर