Aamsanchar

झापामा चिकित्सकको प्रिस्क्रिप्सन बिनै औषधि विक्री,कुलतमा फस्दै युवा

Author Image
सोमवार, साउन १७, २०७३

बिर्तामोड ।

ट्रामाडोल हाइड्रोक्लोराइड, डाइक्लोमाइन हाइड्रोक्लोराइड, कफ ट्याब्लेट र कफ सिरप जस्ता औषधि झापामा चिकित्सकको प्रिस्क्रिप्सन बिना झापामा खुलेआम विक्री बितरण भइरहेको छ । जसका कारण मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहदा पनि नियमनकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय झापा बेखवर झैं बनेका छन् ।

ट्रामाडोल हाइड्रोक्लोराइडको सेवनले मानिसलाई आनन्द हुने, रमाइलो महसुस हुने तथा खुसी पार्ने काम गर्दछ । जसका कारण यसको विक्री बितरण अत्याधिक हुने गरेको औषधि व्यवसायीको भनाई छ ।

यस्ता औषधि चिकित्सकको सल्लाहमा जटिल रोग देखिएका विरामीले सेवन गर्ने गरेका छन् । तर झापाका अधिकांश औषधि पसलेले जथाभावी यि औषधिको विक्री बितराण गर्दा यसलाई लागू औषधको रुपमा युवाले प्रयोग गर्ने गरेका छन् ।

चिकित्सकका अनुसार ‘ट्रामाडोल हाइड्रोक्लोराइड’ विशेष गरी जटिल रोगको दुखाई कम गर्न प्रयोग गरिन्छ । यस्तै ‘डाइक्लोमाइन हाइड्रोकलोराइड’ पेट दुख्दा प्रयोग हुने पेनकिलर हो ।

प्राणघातक रोग क्यान्सरका विरामीको अप्रेसन गरिसकेपछि शरीरको दुखाई कम गर्नका लागि विशेष गरी ‘ट्रामाडोल हाइड्रोक्लोराइड’ औषधि प्रयोग गर्छन – मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट पिताम्वर ठाकुरले भन्नुभयो । अन्य रोगहरुको उपचारमा पनि यो औषधिको प्रयोग हुन्छ । तर, कस्ता विरामीलाई यो औषधि दिने भन्ने चिकित्सकले मात्र तय गर्न सक्छन् ठाकुरले भन्नुभयो– आफूखुशी यस्ता औषधि विक्री वितरण गर्न भने हुादैन ।

नशाका रुपमा युवाले यी औषधि सेवन गर्छन । उनीहरुले औषधि पसल गएर ‘फर्मुला’ दिनुहोस् न, भनेर यस्ता औषधि माग्ने गरेका छन् । ‘ट्रामाडोल हाइड्रोक्लोराइड’ एउटा ट्याब्लेटको दश रुपैयाा पर्छ ।

नशाका रुपमा प्रयोग गर्नेले प्राय: एक सय रुपैयाामा एक पत्ता नै किन्ने गरेको पाइएको छ । चिकित्सकका अनुसार ट्रामाडोल हाइड्रोक्लोराइडको सेवन ओभर डोज भएमा हृदयघात हुने, मृर्गौला खराब हुने तथा विरामीको मृत्यु समेत हुन सक्दछ । यस्ता औषधि सेवन गर्नेको संख्या विद्यार्थीको अधिक रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर