Aamsanchar

अलग -अलग घटनामा दुईको मृत्यु

Author Image
मङ्गलवार, साउन १८, २०७३

विराटनगरः

download (1)

मोरङका भिन्दा भिन्दै स्थानमा भएका अलगअलग घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

मोरङको डाँगीहाट ५ स्थित लक्ष्मीमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना ३ ख ७३८९ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री डाँगीहाट ५ का प्रतिक राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।

सोमबार अपरान्ह ४ बजे बाटो काट्ने क्रममा राईलाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

त्यस्तै खेतको आलीबाट लडेर मोरङको मधुमल्ला ४ कालिदहमा ७० बर्षीय भगीमाया विश्वकर्माको मृत्यु भएको छ । स्थानीय डम्बर बहादुर श्रेष्ठको खेतको आलीबाट हिँडदै गर्दा लडेर विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यलय मधुमल्लाका प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर हिंडिरहेको अवस्थामा आलीबाट लडेपछि विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रनानि खड्काले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर