Aamsanchar

दुई लाख एन्टीस्नेक भ्याक्सिन खरिद हुने

Author Image
बुधवार, साउन १९, २०७३

काठमाडौँ ।

cobra-snake-king-cobra-pictures

वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले करिब दुई लाख भ्याक्सिन खरिद गर्ने भएको छ ।

आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले सर्पको टोकाइबाट हुने मृत्युलाई रोक्न एन्टीस्नेक भ्याक्सिनका लागि सम्झौता भइसकेको बताए । यो भ्याक्सिन एउटाको ४९८ भारतीय रुपैयाँ पर्ने पनि निर्देशक तिनकरीले जानकारी दिए ।

गर्मी र बर्सातका समयमा तराईमा सर्पको टोकाइबाट थुप्रै मानिसको ज्यान जाने गरेको छ । तराईको उष्ण मनसुनी हावापानी सर्पका लागि अतिउपयुक्त मानिन्छ । यसैकारण तराईमा प्रशस्त सर्प पाइन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले वर्षामा आउने बाढीमा सर्प पनि बगेर आउने हुँदा जोगिने स्थान खोजिरहेका सर्पले मानिसलाई डस्न सक्ने धेरै सम्भावना रहने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)