Aamsanchar

पहिलो म्युजिक भिडियो अवार्ड युएइमा

Author Image
बुधवार, साउन १९, २०७३

काठमाडौँ ।

सङ्गीक्षा फिल्मस् इन्टरटेरमेन्टले पहिलोपटक नेपाली म्युजिक भिडियो अवार्ड गर्ने भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधावीमा आगामी सेप्टेम्बर ९ तारिखमा हुन लागेको उक्त अवार्ड म्युजिक भिडियो विधाकै पहिलो हो । यसअघि देश र देश बाहिर कतै पनि नेपाली म्युजिक भिडियोलाई लक्षित गरेर अवार्ड भएको थिएन ।

गीत–सङ्गीत क्षेत्रको महत्वपूर्ण हिस्साको रुपमा रहेको म्युजिक भिडियो विधालाई प्रोत्साहन गर्न अवार्डको सुरुवात गरिएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युएइमा कार्यरत महेश गिरी तथा नमस्ते ट्राभल्स एन्ड टुरिजम एलएलसी, युएइसँगको सहकार्यमा हुने अवार्डमा मुख्य तीन विधा समावेश छन् । जसमा सङ्गीत, भिडियो र विशेष विधा छन् । तीन विधालाई पुनः १८ उपविधा छुट्याइएको छ ।

सोअनुसार सङ्गीत विधातर्फ उत्कृष्ट पुरुष स्वर, उत्कृष्ट महिला स्वर, उत्कृष्ट पुरुष पप स्वर, उत्कृष्ट महिला पप स्वर, उत्कृष्ट शव्द, उत्कृष्ट सङ्गीत र उत्कृष्ट लोकदोहोरी छन् ।

त्यस्तै भिडियो विधातर्फ उत्कृष्ट म्युजिक भिडियो, उत्कृष्ट म्युजिक भिडियो निर्देशक, उत्कृष्ट म्युजिक भिडियो क्यामरापर्सन, उत्कृष्ट म्युजिक भिडियो सम्पादक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट कोरियोग्राफी छन् ।

त्यसैगरी विशेष विधामा उत्कृष्ट प्रवासी म्युजिक भिडियो, राष्ट्रिय भावनाले ओतप्रोत उत्कृष्ट म्युजिक भिडियो र उत्कृष्ट उदीयमान प्रतिभा समावेश छन् ।

यी हरेक विधामा मनोनयनमा परेका प्रत्येक पाँच÷पाँच जनाबाट उत्कृष्ट छानिनेछन् । यीबाहेक ‘उत्कृष्ट म्युजिक भिडियो टे«न्ड सेन्टर र विशेष योगदानजस्ता पुरस्कारसमेत दिइनेछ ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष मनोज केसीले नेपाली गीत–सङ्गीत र चलचित्रको आधा हिस्सा प्रवासी नेपाली रहेकाले विदेशमा अवार्ड कार्यक्रम गर्न लागेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर