Aamsanchar

यूएईमा नेपाली भर्सटाइल गायक नन्दु

Author Image
बिहिवार, साउन २०, २०७३

ina and nandu

[राम ढुंगेल]

दुबई ।
नन्दु राईले यूएईको नेपाली समुदायमा भर्सटाइल गायकको रुपमा परिचय बनाएका छन् । लोक, पप तथा आधुनिक गायनमा दक्षता राख्ने भेडेटार धनकुटाका उनै राईको नयाा गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । ‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान’ आप्पा र आमा सम्झेर रुादै त्यो गाउाघरमा झल्झली आउाछ सागै घुमेको धरान बजारमा’ जस्ता चलनचल्तीका शब्दले सजिएको प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको यो गीतमा परदेशी जीवनको वास्तविकतालाई भिडियोमा उतारिएको छ ।
लोकगीत, पपगीत तथा लोकपपगीतको फ्युजन गरी कर्णप्रिय गीत गाउन सिपालु राईले यसपालि आधुनिक गजल विधाको गीतको भिडियो बनाएका हुन् । सुसेली एल्बममा समाविष्ट राईको यो म्युजिक भिडियोमा दुबईका रमणीय स्थानहरु बरदुबई, देरा, आब्रा, यूएईका नेपालीहरुबीच लोकप्रिय स्थलहरुमा छायांकन गरिएको छ । उनको यसअघि सुसेली लाउने बोलको गीत लोकप्रिय भइसकेको छ । सोही एल्बममा रहेको कारुणिक गीत पिउन बााकी छ बोलको गीतको म्युजिक भिडियोको पनि युएईमै छायांकन भइसकेको छ ।
भिडियोमा गायक राईलाई साथ दिएकी छिन् भोजपुरकी इना राईले । विभिन्न जातीय संघसंस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा परम्परागत जातीय नृत्य गरिसकेकी ईनाले म्युजिक भिडियोमा पहिलोपल्ट काम गर्दा रमाइलो भएको प्रतिक्रिया दिइन् ।
दुबईका रमणीय स्थानहरु क्रिकपार्क, मीनाबजारमा छायांकन गरिएको भिडियोमा साकेला र पहाडी जनजीवनमा आधारित मेलाका दृश्यहरु समेटिएको गायक तथा मोडल नन्दु राईले बताए ।
सफल गायक बन्ने सपना देखेका राईले संगीतको क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेको बताए । पहिलो नेपाली तारामा ९ हजारमा छानिएर ३ सयभित्र परे पनि गायक राईको त्योभन्दा अघि जाने बाटो बन्द भएको थियो ।

एउटा बाटो बन्द भए पनि अरु बाटाहरु खोज्दै नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले राईलाई कहिले छाडेन । पढाइ, करियर र जिम्मेबारीको बोझले राईलाई नेपालमै बसिरहन दिएन र लागे रोजगारीको क्रममा यूएईतिर आजभन्दा सात वर्षअघि ।
यूएईमा पनि उनी चुप लागेर बसेनन् । संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिन यहााका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहे राई ।
गीतहरु गाइरहे । क्यारिकेचर पनि गर्न भ्याए । उनै नन्दु आफ्नो लोकप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गर्न सफल भएका छन् ।
रेडियो नेपालबाट हरेक शनिबार राति प्रसारण हुने चौतारी कार्यक्रम र पछि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्ऽ धनकुटामा बज्ने सांगीतिक कार्यक्रमहरुले उनको संगीतमोहलाई मलजल गरे । नेपाली संगीतका चर्चित गायकगायिकाहरुसाग एउटै मञ्चमा गीत गाएका राईले नेपालमा रहादा तीन दर्जनभन्दा बढी स्टेज सोमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।
प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको यो गीत ओपस स्टुडियोमा रेकर्डिङ गरिएको हो । मोहित मुनालले एरेन्जर रहेको गीत सेन्टिमेन्टल भावमा रहेको यो गीतको रेकर्डिङ रियल टाइममा गरिएको हो । अनुप पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोको छायांकन साहिद न्यौपानेले गरेका छन् ।
संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिइरहेका राई यूएईका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहेका यो समयका सक्रिय गायक हुन् । सबै प्रकृतिका गीत गाउन पोख्त गायक राई क्यारिकेचर पनि सिपालु छन् ।
लोकआधुनिक, पप, लोकपप तथा गजल विधाका गीतहरुलाई समेटी सार्वजनिक हुन लागेको उक्त एल्बमको गीतहरुमध्ये ‘परदेशमा……’ बोलको गीतको छायांकन विकल्प क्रिएसनका मुनालशिशिर कोइरालको निर्देशनमा भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, युएईका केन्द्रीय सदस्य राई किराात राई यायोख्या, किराात याक्थुङ चुम्लुङ, युएई, पथरी शनिश्चरे समाज, युएई, शेर्पा केदुङ, विश्वकर्मा समाज, नेपाली एकता समाज जस्ता विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् । उनै नन्दु आफ्ना अन्य दुई वटा लोकप्रिय गीतको म्युजिक भिडियो सार्वजिक गर्ने तयारी गरिरहेका छन् । आगामी दसैंमा अर्को एक एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक राईलाई सांगीतिक सफलताको अग्रिम शुभकामना ।

https://www.youtube.com/watch?v=falojZpQgD0&feature=youtu.be

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर