Aamsanchar

खत्रीलाई छाडिदिन प्रधानमन्त्रीको आग्रह

Author Image
बिहिवार, साउन २०, २०७३

काठमाडौँ।

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रधानमन्त्री दाहालका तर्फबाट उहाँका पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आज टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गर्नुभएको हो ।

“लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार भएकाले त्यसैको आधारमा पक्राउ गर्नु न्यायसङ्गत हुन नसक्ने भएकाले खत्रीलाई छाडिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । मैले सोही आधारमा प्रहरी महानिरीक्षकसँग कुरा गरे” प्रधानमन्त्री पुत्र दाहालले भन्नुभयो ।

प्रहरीले पक्राउ परेका खत्रीलाई आजै छाड्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर