Aamsanchar

तीन सन्तानसहित बेपत्ता श्रीमती मृत फेला, श्रीमान् पक्राउ

Author Image
बिहिवार, साउन २०, २०७३

बैतडी  ।

तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ ।

गएको शनिबारदेखि बेपत्ता गोमादेवी स्थानीय सङ्घार खोलामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

गोमादेवी श्रीमान्सँग झगडा गरी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएकी प्रहरी नायब उपरीक्षक चन्दले राससलाई जानकारी दिनुभयो । “मृतकका श्रीमान् जयमल बोहरालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ,” प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो – “मृतक महिलाको शव हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ ।”

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ र परीक्षणपछि थप कुरा थाहा हुनेछ ।

बेपत्ता तीन छोराछोरीको स्थानीय सङ्घार खोलामा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर