Aamsanchar

बिच्छिले टोक्दा शिक्षिकाको ज्यान गयो

Author Image
बिहिवार, साउन २०, २०७३

उदयपुर ।

बिच्छीले टोकेर उदयपुरमा एक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–८ बगाहाकी २४ वर्षीया सीता बास्तोला रहेकी छिन । घाँस काट्न गएकी बास्तोलालाई बिच्छीले टोकेर बुधबार मृत्यु भएको स्थानीय छिमेकी मोहन बहादुर खत्रीले बताएका छन् ।Sita_bichchhi

बास्तोलालाई मंगलबार विहान हातमा बिच्छीले टोकेर गम्भीर घाइते बनाएको थियो । तत्काल उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

तर, धरानमा आइसियु खाली नभएको भन्दै विराटनगर रिफर भएकी उनको बुधबार विहान उपचारकै क्रममा मृत्यु भएको छिमेकी मोहन खत्रीले बताए ।

बुधबार साँझ उनको अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । अविवाहित रहेकी उनी त्रियुगा उच्च मावि केन्द्रस्थित सुस्तमनस्थित विद्यालयकी शिक्षिका रहेको बताइएको छ ।

उदयपुरमा रहेको सर्पदंश उपचार केन्द्रमै बिच्छी टोकाइको उपचार ह्ुने भए पनि थाहा नभएका कारण उनलाई उपचार गर्न अन्यत्र लगिएको छिमेकीले बताएका छन् ।

त्रिनपा–७ भुल्केस्थित नेपाली सेनाको नम्बर १८ बाहिनी अड्डामा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रमा बिच्छी, खजुरो र सर्पले डसेको उपचार हुने भए पनि बास्तोला परिवारलाई सो कुराको जानकारी नभएका कारण अन्यत्र उपचारार्थ लाँदा उनको अकालमै मृत्यु भएको केन्द्र सञ्चाल समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर