Aamsanchar

सोलुखोला हाइड्रोमा ११ वैंकको साढे आठ अर्ब लगानी, झापाली खुशी

Author Image
शुक्रवार, साउन २१, २०७३

unnamed
झापा।
झापासहित पूर्वी नेपालका बासिन्दा तथा सहकारीको समेत लगानी रहेको सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत परियोजनाको निर्माणका वित्तीय लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतासंगै पूर्वी नेपालका वासिन्दा खुशी र उत्साहित भएका छन् ।
सोलुखोला दूधकोशी जलविद्युत परियोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको ’कन्सोर्टिएम लिड’ मा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) सहित ११ बैंकले आठ अर्ब ६५ करोड रुपैयाा लगानी गर्न लागेका हुन् । आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैया रहेको छ । लगानी सम्झौतामा बिहिबार औपचारिक हस्ताक्षर भएको छ । एचआईडीसीएल, नौ बाणिज्य र एक विकास बैंकले परियोजनामा लगानी गर्ने सम्झौता भएको हो ।
बाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट सहित कृषि विकास, राष्ट्रिय बाणिज्य, सानिमा, सेन्चुरी, एनसीसी, प्रभु, सिभिल, सनराइज,प्रभु वैंक र एनएमबीले लगानी गर्ने भएका छन् । परियोजनामा बैंक ऋणबाट अपुग रकम प्रबर्द्धकहरुले लगानी गर्नेछन् । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी हाइड्रो भेन्चर प्रालि यो परियोजनाको प्रबर्द्धक हो । आगामी हिउादबाट निर्माण सुरु गर चार बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष राखेको कम्पनीका प्रबन्ध सञ्चालक हिम पाठकले बताए ।
’कन्सोर्टिएम लिडर’ इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले आफुहरुले आकर्षक र छिटो प्रतिफल दिने परियोजनामा लगानी गर्न लागेको बताए ।एनआईडिसी डेभलपमेन्ट बैंक समेत यो कन्सोर्टिएमको सदस्य रहेको छ । कन्सोर्टिएम लिडर नेपाल इन्भेष्टमेन्ट बैंकले डेढ अर्ब रुपैयाा लगानी गर्नेछ । यस्तै जलविद्युत लगानी तथा विकास कम्पनीले एक अर्ब रुपैयाा र अरु बैंक तथा बित्तिय संस्था मध्ये कसैले ७५ करोड त कसैले ५० करोड रुपैयाा लगानी गर्नेछ ।

यो परियोजना निजी क्षेत्रबाट हालसम्म प्रबर्धित पब्लिक कम्पनी मध्ये सबै भन्दा ठूलो हो। कम्पनीले भविश्यमा सर्वसाधारण एवं स्थानियलाई सेयर दिने जनाएको छ । परियोजनाबाट उत्पादित बिद्युत लामाने स्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेसनमा जडान गरि सोलु करिडोर प्रशारणलाईमा जोडिनेछ । प्रशारण लाईन नेपाल बिद्युत प्राधिकरणले निर्माण गर्नेछ ।

४० मिटर लामो बााध र साढे चार किलोमिटर लामो टनेल मार्फत परियोजना बनाइने कम्पनीका अध्यक्ष मिनराज कंडेलले बताए । सोलुखुम्बुका सांसद एवं कांग्रेस नेता बलबहादुर केसीले समयमै परियोजना सम्पन्न गर्न आफु सकृय रुपले लाग्ने बताएका छन् ।

सोलु र दुधकोशी नदीको संगममा बन्न लागेको परियोजनाबाट उत्पादित विद्युत खरीदका लागि गत बर्षनै नेपाल विद्युत प्राधिकरणसाग सम्झौता (पिपिए) भएको थियो । परियोजनाले प्रतियुनिट विद्युत बापत बर्षायाममा चार रुपैयाा ८० पैसा र हिउादमा आठ रुपैयाा ४० पैसा पाउनेछ । विद्युत उत्पादन सुरु भएको आठ वर्षसम्म बर्षेनी तीन प्रतिशतका दरले विद्युतको मूल्य बृद्धि हुने जनाइएको छ ।
उक्त आयोजना निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो र तथ्यांकअनुसार उच्च प्रतिफल दिने आयोजनाको रुपमा पहिचान भएको साहस ऊर्जाका सञ्चालक सदस्य एवम् हाइड्रो भेञ्चरका अध्यक्ष मीनराज काडेलले जानकारी दिए।
काडेलका अनुसार चार हजार जनाभन्दा बढीले शेयर खरिद गरेका थिए । त्यसमा अधिकांश पूर्वी नेपालका नागरिक रहेको बताइएको छ । झापाका मात्र ७ सय जना भन्दाबढी सर्वसाधारणले साहस ऊर्जाको हाइड्रो भेञ्चरद्वारा प्रवद्र्धित सोलु खोला जलविद्युत आयोजनामा लगानी गरेको साहसका सञ्चालक सदस्य महेन्ऽकुमार गिरीले जानकारी दिए ।
सर्वसाधरणबाहेक झापाको बिर्तामोड (चारपाने)स्थित सहारा नेपाल (साकोस)लगायत देशभरका ५० बढी सहकारीले समेत उक्त हाइड्रोमा लगानी गरेका छन्।
आयोजनाको मुख्य ड्याम (बााध) सोलुखुम्बुको कांगेल र तिङ्ला गाविसको बीचमा पर्ने सोलुखोलामा रहनेछ। त्यहााबाट ४६ सय मिटर लामो टनेलमा छिराइएको पानी १६५५ मिटर लामो फलामे पाइप (पेनस्टोक) हुादै सोलुखुम्बुकै पञ्चन गाविसमा बनाइने पावर हाउसमा खसाइने छ।

dudh
त्यहाा उत्पादित विद्युत सोलुकै तिङ्ला सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। पावर हाउसबाट तिङ्ला सवस्टेशनको दुरी १२ किलोमिटरमात्र रहेको सो आयोजनाले जनाएको छ ।
सन् २०२० को मार्चसम्ममा सोलुखोला जलविद्युत आयोजना निर्माण पूरा भई विद्युत उत्पादन सुरु गर्ने गरी साहस ऊर्जाले एक वर्षअघि नै सरकारसाग सम्झौता (पीपीए) गरिसकेको छ। तर त्यो भन्दा एक /डेढ वर्षअगावै आयोजनाको निर्माण पूरा भई विद्युत उत्पादन हुने अध्यक्ष काडेलले बताए।
अहिले बाटोको ट्रयाक खोल्ने, बाटो बनाउने लगायतका आधारभूत काम भइरहेको छ। असोजबाट काम दू्रत गतिमा अघि बढ्ने बताइएको छ। २०७० सालमा स्थापित साहस ऊर्जाले गुल्मीमा पााच मेगावाटको विद्युत आयोजना निर्माण पूरा गरी एक वर्षदेखि सञ्चालनमा ल्याइसकेको छ। निजी क्षेत्रको सक्रियतामा सामुदायिक तथा सहकारी तहमा साझेदारी (पीपीसीपी) अवधारणा अन्तर्गत बजारमा छरिएर रहेको पूाजीलाई एकत्रित गरी जलविद्युत उत्पादनमा लगाउने ध्येयका साथ साहस ऊर्जाले काम गरिरहेको सञ्चालकको दावी रहेको छ।
‘सोलुखोला(दुधकोशी) जलविद्युत आयोजना निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो आयोजना भएकोले यो झापासहित पूर्वेलीमात्र होइन, आम नेपालीको गौरबको आयोजना हो,’ साहसका सञ्चालक सदस्य महेन्ऽकुमार गिरीले भने, ‘यसले लगानीकर्तालाई उच्च प्रतिफल त दिने नै छ, मुलुकलाई ऊर्जा संकट मुक्त गर्न ठूलो योगदान पुर्‍याउनेछ ।’
निजी, समुदाय र सहकारीको सहकार्यमा जलविद्युत परियाजनाको सञ्चालन र विकास गर्ने उद्देश्यले आफूहरुले काम गरिरहेको बताउादै साहस उर्जा सञ्चालक समिति अध्यक्ष हिमप्रसाद पाठकले भने, ‘प्रतिफलको सुनिश्चितता गर्दै मुलुकको आर्थिक समृद्धिका लागि योगदान पुर्याउनेछौं ।’

unnamed (1)
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा पूर्व सांसद डा. डिल्लीराज खनाल र पूर्व अर्थसचिव रामेश्वर खनाल मुख्य सल्लाहकार रहेको साहस उर्जाको सञ्चालकमा पाठक, काडेल र गिरीसहित परितोष पौड्याल, भोजबहादुर साह, मुक्तिराम पाण्डे र जिज्ञासा सुवेदी रहेका छन्। सञ्चालक सबै उर्जा, सहकारी, वैंकिङ, शिक्षा, पर्यटन, इञ्जिनियरिङ क्षेत्रका अनुभवी र अब्बल मानिन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर