Aamsanchar

कस्तो अचम्म ? हावामा झुण्डिएर बिहे

Author Image
शनिवार, साउन २२, २०७३

2087020375
चारैतर्फ हरियाली माथि बादल, तर जमिन र बीचमा प्रेमको बन्धन बााध्नका लागि बेहुला बेहुलीहरु हावामा झुण्डिरहेका छन् । यो दृश्य कुनै साहसिक खेलको हिस्सा होइन, एक सााच्चीकै विवाहको दृश्य हो ।

भारतको महाराष्ट्रस्थित कोल्हापुरमा बस्ने जयदीप जाधवलाई बच्चैदेखि पर्वतीय पदयात्राको शोख थियो । आफ्नो शोखका कारण उनले आफ्नै बिहेलाई एड्भेन्चरस बनाउने फैसला गरे ।

जयदीपले २८ वर्षकी रेशमासाग बिहे गरे । उनीहरुले पहाडको गहिरो खोाचको बीचमा हावामा झुण्डिएर एक दोश्रोलाई बिहेको माला पहिराइदिए ।

जमिनभन्दा २७० फिटको उचाइमा झुण्डिएर उनीहरुले एक अर्काको गलामा माला पहिराएका थिए । आफ्नो बिहेको बारेमा वर्णन गर्दै बेहुला जयदीपले आफूलाई बिहेमा केही रोचक काम गर्ने अठोट रहेको र सोही कारण दिमागमा यस्तो योजना पलाएको बताए ।

उनले आफ्नो प्लानका बारेमा आफ्नो क्लबका सदस्यहरुलाई बताएपछि उनीहरुले बिहेको लागि एउटा पहाडको खोाच खोजेका थिए । र सबैको उपस्थितिमा उनीहरुले हावामा झुण्डिएर बिहे गरे ।

बेहुला बेहुली मात्र होइन पण्डित पनि उनीहरु जस्तै गरी हावामा झुण्डिएका थिए । मराठी परम्पराअनुसार उनीहरुको विवाह सम्पन्न भयो । पश्चिमी महाराष्टमा यस्तो विवाह पहिलोपटक भएको भारतीय संचारमाध्यमको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर