पछिल्लो चार वर्षदेखि उनीहरुको जिन्दगी खेलमा नै समर्पित थियो । उनीहरु पसिनाका साथै रगत पनि बगाइरहेका थिए । र अब उनीहरुले आफूले आफैंलाई साबित गर्नका लागि पूरा दुनियाँसँग लड्न तयार भएका छन् । हो, हामी ओलम्पिकमा खेल्ने महिला खेलाडीबारे कुरा गदैछौं ।

तपाईंले अहिलेसम्म उनीहरुलाई बिकिनीमा सेल्फी लिइरहेको देख्नुभएको होला तर जब उनी जमिन, स्विमिङ पुल वा जिमसँग ठोक्किनेछन् तब उनीहरु कति बलिया छन् भन्ने देख्नुहुनेछ । अनेकौं विवादसँगै सुरु भएको रियो ओलम्पिकमा खेल्ने यी महिला खेलाडीले वास्तवमा नै ओलम्पिकप्रति तपाईंको रुची बढाउनेछ ।
ज्याकलिन करवेलोः
देशः ब्राजिल
खेलः भलिबल
ज्याकलिन करवेलोको उचाई ६ फिट १ इन्च छ । FIVB 2010 मा बेस्ट स्पाइकर अवार्ड जितेकी ज्याकलिनबाट रियोमा निकै आशा राखिएको छ ।
एलि रेसमन
देशः अमेरिका
खेलः जिम्न्यास्टिक
एली रेसमन अमेरिकाकी महिला जिम्न्यास्टिक समूहकी कप्तान हुन् । थुप्रै मेडल जितिसकेकी एलीले ‘डान्सिङ विथ स्टार्स’ मा शीर्ष स्थान हाँसिल गरिसकेकी छिन् भने इएसपीएनका लागि फोटोसुटसमेत गराइसकेकी छिन् ।

शेलिना जाडस्र्की
देशः क्यानडा
खेलः सकर
शेलिनाले आफैलाई एक भरोसायोग्य खेलाडीको रुपमा साबित गरिसकेकी छिन् र यही कारणले उनी ओलम्पिक समूहमा आफ्नो स्थान पाउन सफल भइन् । मिचिगन युनिभर्सिटीमा आफ्नो समूहको कप्तान रहेकी शेलिना क्यानडाको नेशनल समूहका लागि जित्न निकै आतुर छिन् ।
एलेन हूगः
देशः नेदरल्याण्ड
खेलः फिल्ड हकी


नताशा हेस्टिंग्सः
देशः अमेरिका
खेलः ४०० मिटर स्प्रिंटर
नताशा ४०० मिटर वर्गमा दौडन्छिन् । साउथ क्यारोलाइना युनिभर्सिटीमा खेल्दा उनको खेल्ने शैली यति शानदान थियो कि उनलाई ‘४०० मिटर डिभा’ नाम दिइएको थियो । उनले सन् २००८ ओलम्पिकमा गोल्ड मेडल जितिसकेकी छिन् ।
दरया क्लिशीनाः
देशः रुस
खेलः लंग जम्प
दरयाको स्पेशलाइजेशन लंग जम्प हो र उनी ट्र्याक र फिल्ड क्याटगोरीमा आफ्नो प्रस्तुती देखाउँदैछिन् । ओलम्पिकमा मेडल जित्ने दरयाको यो पहिलो प्रयास हुनेछ ।
एमा कबर्नः
देशः अमेरिका
खेलः रनिंग
एमा सन् २०१२ मा भएको ओलम्पिकमा अमेरिकाको तर्फबाट गएकी समूहको सबैभन्दा युवा रनर थिइन् । यही कारणले उनले थुप्रै प्रसिद्धि पनि पाइन् ।ratopati



