Aamsanchar

रियो ओलम्पिकमा सेक्सी खेलाडीहरु

Author Image
शनिवार, साउन २२, २०७३

पछिल्लो चार वर्षदेखि उनीहरुको जिन्दगी खेलमा नै समर्पित थियो । उनीहरु पसिनाका साथै रगत पनि बगाइरहेका थिए । र अब उनीहरुले आफूले आफैंलाई साबित गर्नका लागि पूरा दुनियाँसँग लड्न तयार भएका छन् । हो, हामी ओलम्पिकमा खेल्ने महिला खेलाडीबारे कुरा गदैछौं ।

तपाईंले अहिलेसम्म उनीहरुलाई बिकिनीमा सेल्फी लिइरहेको देख्नुभएको होला तर जब उनी जमिन, स्विमिङ पुल वा जिमसँग ठोक्किनेछन् तब उनीहरु कति बलिया छन् भन्ने देख्नुहुनेछ । अनेकौं विवादसँगै सुरु भएको रियो ओलम्पिकमा खेल्ने यी महिला खेलाडीले वास्तवमा नै ओलम्पिकप्रति तपाईंको रुची बढाउनेछ ।

ज्याकलिन करवेलोः
देशः ब्राजिल
खेलः भलिबल
jackellinज्याकलिन करवेलोको उचाई ६ फिट १ इन्च छ । FIVB 2010 मा बेस्ट स्पाइकर अवार्ड जितेकी ज्याकलिनबाट रियोमा निकै आशा राखिएको छ ।

एलि रेसमन
देशः अमेरिका
खेलः जिम्न्यास्टिक
ally

एली रेसमन अमेरिकाकी महिला जिम्न्यास्टिक समूहकी कप्तान हुन् । थुप्रै मेडल जितिसकेकी एलीले ‘डान्सिङ विथ स्टार्स’ मा शीर्ष स्थान हाँसिल गरिसकेकी छिन् भने इएसपीएनका लागि फोटोसुटसमेत गराइसकेकी छिन् ।

शेलिना जाडस्र्की
देशः क्यानडा
खेलः सकर
shelinaशेलिनाले आफैलाई एक भरोसायोग्य खेलाडीको रुपमा साबित गरिसकेकी छिन् र यही कारणले उनी ओलम्पिक समूहमा आफ्नो स्थान पाउन सफल भइन् । मिचिगन युनिभर्सिटीमा आफ्नो समूहको कप्तान रहेकी शेलिना क्यानडाको नेशनल समूहका लागि जित्न निकै आतुर छिन् ।

एलेन हूगः
देशः नेदरल्याण्ड
खेलः फिल्ड हकी
allenओलम्पिकमा पहिले पनि भाग लिएकी डच फिल्ड हकी प्लेयर एलेन एकपटक फेरी यो साबित गर्न आएकी छिन् कि उनी मोडल मात्र नभई संसारको शीर्ष एथलेटिसमा पनि हुन् ।

नताशा हेस्टिंग्सः
देशः अमेरिका
खेलः ४०० मिटर स्प्रिंटर
natashaनताशा ४०० मिटर वर्गमा दौडन्छिन् । साउथ क्यारोलाइना युनिभर्सिटीमा खेल्दा उनको खेल्ने शैली यति शानदान थियो कि उनलाई ‘४०० मिटर डिभा’ नाम दिइएको थियो । उनले सन् २००८ ओलम्पिकमा गोल्ड मेडल जितिसकेकी छिन् ।

दरया क्लिशीनाः
देशः रुस
खेलः लंग जम्प
दरयाको स्पेशलाइजेशन लंग जम्प हो र उनी ट्र्याक र फिल्ड क्याटगोरीमा आफ्नो प्रस्तुती देखाउँदैछिन् । ओलम्पिकमा मेडल जित्ने दरयाको यो पहिलो प्रयास हुनेछ ।

एमा कबर्नः
देशः अमेरिका
खेलः रनिंग
ammaएमा सन् २०१२ मा भएको ओलम्पिकमा अमेरिकाको तर्फबाट गएकी समूहको सबैभन्दा युवा रनर थिइन् । यही कारणले उनले थुप्रै प्रसिद्धि पनि पाइन् ।ratopati

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर