Aamsanchar

रोकी राखेका तीन बसमा आगजनी

Author Image
सोमवार, साउन २४, २०७३

फलेवास (पर्वत) ।

bus-ma-aagjani

पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ ।

बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ । आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमा समेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

उक्त आगलागी जिल्ला प्रहरी कार्यालयबाट ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

उक्त आगलागी बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले लगाएको भन्ने अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बालबालिका फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर