Aamsanchar

हतियारसहित दुई जना पक्राउ

Author Image
सोमवार, साउन २४, २०७३

इनरुवा।

gun

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविसबाट आइतबार राति हतियारसहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २१ हासँपोसा बस्ने अरविन्द्र चौधरी र छेदनलाल चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उनीहरुको साथबाट इटालियन पेस्तोल र सोमा प्रयोग हुने म्याग्जीन बरामद भएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका दुवै जना मोटरसाइकलमा भारतीय बजारबाट आइरहेका थिए ।

सशस्त्र प्रहरीले पक्राउ गरेका कारण आफूहरुलाई अहिले मोटरसाइकल जिम्मा नदिएकाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर