झापा । 

स्वतन्त्रता सेनानी भुविक्रम नेम्वाङको आइतबार साँझ झापाको धुलाबारीमा निधन भएको छ ।
८० वर्षीय विगत तीनमहिनादेखि उनी फोक्सो र मृर्गौलाका विरामी थिए । पछिल्लो समय उनलाई मुटुमा पनि संक्रमण देखिएको थियो । राजधानीको धापाखेलस्थित सुमेरु अस्पतालका चिकित्सकको सल्लाह अनुसार उनलाई परिवारले घर ल्याएर राखेका थिए ।
नेपाली कांग्रेसका पुराना नेता नेम्वाङले प्रजातन्त्र प्राप्तिका लागि हतियार समेत उठाएका थिए । वीपी कोइराला, मच्छिन्द्र केरुङ, दान खालिङहरुसंगै उनले पूर्वमा सशस्त्र क्रान्तिका लागि हतियार वोकेका थिए । वीपी कोइराला निकट भई राजनीतिमा होमिएका नेम्वाङ विगत लामो समयदेखि राजनीतिमा सक्रिय थिएनन् ।

उनको सोमबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।स्रोत-कान्तिपुर

Views: 299


