Aamsanchar

दुई नक्कली चिकित्सक पक्राउ

Author Image
सोमवार, साउन २४, २०७३

काठमाडौँ ।

केन्द्रीय अनुसन्धान ब्युरोले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।

ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा गरिएको छानबिनपछि आइतबार उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल मिडाट अस्पताल लगनखेलमा कार्यरत फर्जाना सविहा र सुनसरी घर भई हाल शिवपुरी डेन्टल क्लिनिक महाराजगन्जमा कार्यरत किशोर गुरुङ रहेका छन् ।

उनीहरुलाई कार्यरत स्थानबाटै पक्राउ गरिएको हो । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर