![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![dance bar](http://aamsanchar.com/wp-content/uploads/2016/08/dance-bar.jpeg)
काठमाडौं ।
रात्री कालिन व्यवसायीको नाममा सञ्चालनमा आएका डान्स, डिस्को र लाउन्चबारमा व्यापक रुपमा मैलाएको कालो बजारीलाई सरकारी निकायले बेवास्ता गर्दै आएको छ । रेष्टुरेन्टमा राखिएको मेन्यू मै मन लाग्दी दरभाउ राखी बर्षौदेखि ग्राहक ठगी गर्दै आएका बारलाई सरकारी निकायले छाडा छोडदिँदा मनपरी बढेको हो ।
राजधानी लगायत देशका बिभिन्न शहरमा खोलिएका यस्ता बारका कारण दैनिक हजारौ ग्राहक ठगिदै आएका छन् । सरकारले बाटो र ठाँउको अबस्था हेरी तोकिएको मूल्यमा २५ प्रतिशत भन्दा बढी नाफा राखेर व्यापार गरेकालाई नेपालको कानूनले कालोबजारी गरेको मान्छ । तर च्याउ सरी उमे्ररका यस्ता बारले दुई हजार प्रतिशतसम्म फाईदा राखी खुलमखुल्ला मेन्यू राखेरै व्यापार गर्दै आउँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
होलसेलमा १५ रुपैंयाको मिनिरल वाटरलाई दुई सय रुपैंया, २० रुपैंयाको पेय पर्दाथलाई २५०, ६० रुपैंयाको रेडबुल जुशलाई सात सय रुपैंयासम्म असुल्ने काम भएको छ । जुन रुपैंया सबै बारको मेन्यूमै स्पष्ट रुपमा उल्लेख गएिको छ । यसरी कालोबजारी गर्नेलाई कानूनले दुई हजारसम्म जरिवाना तथा १५ दिन देखी ६ महिनासम्म कैद र लाईन्सेस रद्ध गर्ने सम्मको अधिकार छ । तर नियमन नहुँदा रात्रीकालिन व्यवसायमा कालोबजारी मैलाएको हो ।
डान्सबारमा लुटपाट र अवैध भ्याट
रात्रिकालिन व्यवसायी अन्र्तगत सञ्चालनमा आएका राजधानीका अधिकांश डान्सबारमा पछिल्लो पटक लुटपाट र ठगीसमेत बढ्न थालेको छ । ग्राहकलाई मनोरञ्जन दिने नाममा यस्ता बारका सञ्चालकले विषेश गरी विदेशी पर्यटकलाई लुटपाट गर्दै आएका छन् ।
रात्रिकालिन व्यवसायी अन्र्तगत सञ्चालनमा आएका राजधानीका अधिकांश डान्सबारमा पछिल्लो पटक लुटपाट र ठगीसमेत बढ्न थालेको छ । ग्राहकलाई मनोरञ्जन दिने नाममा यस्ता बारका सञ्चालकले विषेश गरी विदेशी पर्यटकलाई लुटपाट गर्दै आएका छन् ।
दरबारमार्ग र ठमेलमा सञ्चालित केही डान्सबारले दलालको प्रयोग गरी पर्यटकलाई बारसम्म पु¥याएर ठगी गर्छन् । दरबारमार्गस्थित उड्ल्याड होटलमा सञ्चालित व्याल्क आउट, ठमेल ज्याठास्थित मेहेन्दी डान्सबार, संचयकोष चोकको युनिक डान्सबार, नरसिंह चोकस्थित ब्लू बार, ज्याठा रोडमा रहेको चाहाना डान्सबार, पुसी क्याट, हुक्काबार, ताज डान्सबार, भगवतीबालको चिल्ली डान्सबारले जालो फिजाएर ठगी र लुटपाट गर्दै आएका छन् । बारबाट सञ्चालित यस्ता दलालले बिषेश गरी भारतिय मूलका ग्राहकलाई बिभिन्न प्रलोभन देखाई बारसम्म पु¥याउने र लुटपाटकै शैलिमा ठगी गर्ने गरेको स्रोतको दाबी छ ।
उड्ल्यान्ड होटलमा सञ्चालित व्ल्याक आउटका सञ्चालक सुनिल कुवँर, ताजका रुपेश गुरुङ, हुक्काका राम लामा, यूनिकका आकाश लामा र दिपक श्रेष्ठ, चाहनाका राम लामा, पुसी क्याटकका राम श्रेष्ठ र रुपेश श्रेष्ठ, चिल्लीका सानु लामाले दलालको प्रयोग गर्दै योजनाबद्ध तरीकाबाटै बिदेशी ग्राहकलाई ठगी गर्दै आएका छन् । रेष्टुरेन्टको मेन्यूलाई समेत अत्यधिक मँहगो दर भाउ राखी रेष्टुरेन्ट व्यवसायीले कालोबजारी गर्दै आएका हुन् । पाँच तारे होटल र बसपार्कमा यस्ता ग्राहक खोज्ने बारका सञ्चालकले दलालको प्रयोग गर्दै आएका छन् ।
पर्यटकलाई सेवा गर्ने नाममा ‘नयाँ नेपाल पर्यटक सेवा’ भन्ने संस्था दर्ता गरेर पर्यटकलाई ठगी गर्दा सम्बन्धित निकाय मौन रहेको गुनासोे अन्य व्यवसायीहरुको छ । सुनिल कुँवर, राधेश्याम, रबिन, महादेब विहारी नरेश गरी, रमेश झपाली र कृष्ण शर्मालगायत एक दर्जनले भारतीय मुलका ग्राहकलाई बिभिन्न बहानामा रेष्टुरेन्टमा पु¥याएर लुट्ने गरेका छन् । रेष्टुरेन्ट सञ्चालकको मिलोमतोमा लुटिएको ग्राहकबाट यस्ता दलालले ४० प्रतिशत कमिशन पाउँछन् । धेरै रकमको बिल तिराउन बारका डान्सरहरुको समेत हात हुन्छ ।
हामी तपाई बसको होटलमा आउँछै भन्दै ग्राहकलाई ति डान्सरले बिल तिर्न बाध्य बनाउँछन् । त्यति गर्दापनि ग्राहकले बिल नतिरेको खण्डमा बारका सञ्चालकले प्रहरीको दुरुप्रयोग गरी पैसा असुल्ने गरेको स्रोत बताउँछ । दरबारमार्गमा रहेको व्ल्याक आउट रेष्टुरेन्टमा अत्यधिक बिल असुलेको आरोेपमा सञ्चालकलाई दरबारमार्ग प्रहरीले पटक–पटक कारवाहीको दायरामा ल्याएपनि उनले यस्तो अबैध धन्दा बन्द नगरी झन चम्काएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 141