Aamsanchar

प्रेमिकाको मृत्युको २० मिनेटमै प्रेमीको पनि मृत्यु

Author Image
मङ्गलवार, साउन २५, २०७३

clock_mysteriously_stops_when_couple_married_63_years_dies_m7

[२० मिनेटको अन्तरमा मरे एक अमर जोडी]

अमेरिका  । 

विगत ६३ वर्षदेखि विवाहबन्धनमा रहेका एक अमेरिकी जोडीले प्रेम गर्ने मान्छेलाई मृत्युले समेत छुट्याउन सक्दैन भन्ने कुरा प्रमाणित गरेका छन् ।

६३ वर्षअघि बिहा गरेका हेनरी र जिनेट डी ल्याङको अस्ति आइतवार अमेरिकाको साउथ डकोटा राज्यको एक नर्सिङ होमको एउटै कोठामा २० मिनेटको अन्तरमा मृत्यु भएको थियो ।

‘हामी यसलाई ईश्वरको एक सुन्दर खेल भन्छौं,’ उक्त जोडीका पाँच सन्तानमध्येका एक ली डी ल्याङले बताए । अल्झाइमर रोगबाट ग्रसित ८७ वर्षीया जिनेट नर्सिङ होममा सन् २०११ देखि बसिरहेकी थिइन् भने उनका ८६ वर्षीय श्रीमान् हेनरी उनलाई दिनदिनै भेट्न जाने गर्थे ।

प्रोस्टेटको क्यान्सर लागेर दुईतीनचोटि ढलेपछि भने हेनरी पनि आफ्नी पत्नीसँगै नर्सिङहोमको एउटै कोठामा बस्दै आइरहेका थिए । दुवैजनाको स्थिति ठीक नरहेको भनी अस्पतालले परिवारलाई बताएको थियो ।

स्थानीय समय अनुसार बेलुकीको साढे पाँच बजे जिनेटको मृत्यु भयो भने हेनरीको २० मिनेटपछि निधन भयो । दुवैजनाको मृत्युको केही क्षणपश्चात् लीले बुवाआमा रहेको कोठाको भित्तेघडी हेर्दा अचम्मको कुरा देखे ।

‘मैले घडी हेर्दा बाबा बित्नुभएकै समयमा, ठ्याक्कै साढे पाँचमा घडी बन्द भएको थियो,’ लीले भने । –सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर