Aamsanchar

ओलम्पिकमा शिरिषले बनाए राष्ट्रिय कीर्तिमान

Author Image
बुधवार, साउन २६, २०७३

काठमाडौं।

09082016083008Shir-Gurung--(3)-1000x0

ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा नेपाली पौडीवाज शिरिष गुरुङले राष्ट्रिय कीर्तिमान राखेका छन् ।

मंगलबार भएको पुरुष सय मिटर फ्रिस्टाईलमा ५७ दशमलव ७६ सेकेन्डको सयम निकाल्दै शिरिषले ५८ दशमलव २२ सेकेण्डको आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि शिरिषले हिट चरण पार गर्न भने सकेनन् ।

रियो ओलम्पिकमा मंगलबार अन्य दुई नेपाली खेलाडी फुपु ल्हामु खत्री र जिबहादुर मोक्तानले भने बिर्सनलायक प्रदर्शन गरेका छन् ।जुडोकी फुपु ल्हामु खत्री पहिलो चरणबाटै बाहिरिएकी छन् । महिला ६३ केजी मुनीको तौल समूहमा फुपु क्यूवाकी खेलाडी मारिसेट इस्पिनोजासँग पराजित भएकी हुन् ।

खेलमा फुपु ११–० को फराकिलो अन्तरले पराजित भए पनि पुरै समय म्याटमा टिकेकी थिईन् । त्यस्तै आर्चरीतर्फ जितबहादुर मोक्तानले पनि दोस्रो चरणको खेलमा ७० मिटर व्यक्तिगत रिकर्भमा भारतका अतनु दासविरुद्ध निराशाजनक प्रदर्शन गर्दै बाहिरिएका छन् ।

जितबहादुर २९–२६, २९–२४ र ३०–२६ को स्कोरमा पराजित भएका हुन् । समग्रमा जितबहादुर ६–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । मंगलबारका खेलपछि अब रियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्सका हरिप्रसाद रिमाल र सरस्वती भट्टराई तथा तेक्वान्दोकी निशा रावलको खेल बाँकी रहेको छ ।

एथ्लेटिक्सतर्फ दुबै खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्य राखेका छन् भने तेक्वान्दो खेलाडी रावल कम्तिमा एक खेल जित्ने लक्ष्य लिएर रियो पुगेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर