Aamsanchar

झापाका प्रिय डा.भूपेन्द्र वीर अस्पतालको निमित्त निर्देशक

Author Image
बुधवार, साउन २६, २०७३

bhupendra-basnet

काठमाडौं  ।

वरिष्ठ फिजिसियनको रुपमा झापामा रहेर लामो समय सेवा गरेका डा भूपेन्द्र बस्नेत वीर अस्पतालको निमित्त निर्देशक भएका छन् । स्वास्थ्य मन्त्री भइनसकेको अवस्थामा नियमित कामकाजमा व्यवधान आउन नदिन उनलाई निमित्तको जिम्मेवारी सुम्पिएको हो ।

इन्टरनल मेडिसिनमा एमडी र ग्यास्ट्रो इन्टेरोलोजीमा डीएम गरेका प्राडा बस्नेत लामो समयदेखि वीरमा कार्यरत छन् भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका प्राध्यापक हुन् ।
निर्देशक डा स्वयंप्रकाश पण्डितको कार्यकाल गत सकिएपछि निर्देशक पद रिक्त भएको हो । सो जिम्मेवारी बस्नेतलाई दिइएको हो  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर