Aamsanchar

मिटर बितरण नभएका कारण हुकिङ गर्ने बढे

Author Image
शुक्रवार, साउन २८, २०७३

दमक।

dead
नेपाल बिद्युत प्राधिकरण दमकको कार्य क्षेत्रमा पर्ने स्थानहरुमा लामो समयदेखि बिद्युत मिटर बितरण नभएका कारण हुकिङ गर्नेको संख्या बढेको छ ।

 

विशेष गरी झापाको ग्रामीण क्षेत्र तोपगाछी, शिवगञ्ज, सतासीधाम, गौरीगञ्ज, खजुरगाछी, कोहोबरा, महाभारा लगायतका बस्तीका स्थानीयवासीलाई मिटर वितरण नगरेका कारण स्थानीयले हुकिङ गरेर बिजुली बाल्ने गरेका हुन् । मिटर नपाए पछि सजिलो प्रक्रिया हुकिङ नै भएको स्थानीयले बताए ।

 

मिटर वितरण नहँुदा करिब २५ सय घरधुरीहरु छिमेकीको घरबाट बिजुली बाल्न बाध्य भएका छन् । लामो समयदेखि मिटर बितरण नगरेका कारण स्थानीयहरुले छिमेकीका घरबाट बिद्युत ल्याएर बाल्ने गरेका छन् र हुकिङ गरेर बिजुली बाल्नेको संख्या पनि बढ्दै गएको छ । यस क्षेत्रमा बसाइँसराइ गरेर आउनेको संख्या बढिरहेको तर, प्राधिकरणले मिटर उपलब्ध नगराएपछि स्थानीय बासिन्दाले अँध्यारोमा बस्नुको विकल्पमा हुकिङको सहयोग लिएका छन् ।

 

दमक–१का खम्बसिंह विश्वकर्माका अनुसार २ वर्ष अघिबाट मिटरका लागि निवेदन दिँदा समेत प्राधिकरणले मिटर उपलब्ध गराएको छैन । मिटर उपलब्ध नहुँदा विशेष गरी कृषकलाई समस्या भएको छ ।

 

प्राधिकरणले २०७१ फागुनदेखि मिटर वितरण गरेको छैन । प्राधिकरणको केन्द्रीय कार्यालयबाटै मिटर नआएपछि उपभोक्तालाई मिटर उपलब्ध गराउन नसकेको प्राधिकरण दमक शाखाका प्रमुख सुरेन्द्रकुमार साहले बताए ।

दमक प्राधिकरण क्षेत्रभित्र पर्ने दमक, गौरादह र मोरङको उर्लाबारी वितरण केन्द्रमा गरी मिटर माग गर्दै १४ हजार भन्दाबढीले निवेदन दिएका छन् तर, मिटरको समस्या अझै केही महिनापछि मात्र समाधान हुने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर