Aamsanchar

सर्वाधिक पुरस्कार राशि भएको फुटसल

Author Image
शुक्रवार, साउन २८, २०७३

काठमाडौँ ।

नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशि भएको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ फुटसल क्लबले भाग लिने भएका छन् । एएमए इभेन्टस प्रालिद्वारा  यहाँ आयोजित पत्रकार सम्मेलनमा सहभागी क्लबलाई विभिन्न सात समूहमा विभाजन गरिएको प्रतियोगिताका संयोजक विवेक गौतमले जानकारी दिनुभयो ।

छनोट खेलमा प्रत्येक समूहको विजेता र उपविजेता टोली प्रिमियर लिगका लागि छनोट हुनेछन् । हरेक समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट दुई टोली पनि प्रतियोगिताको लागि छनोट हुने प्रतियोगिताका संयोजक बताउनुभयो ।

आगामी भदौ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल बानेश्वर रिक्रिएसन सेन्टरमा हुनेछ । प्रिमियर लिगमा छनोट हुने १६ टोलीलाई दुई समूहमा विभाजन गरी होम एन्ड अबेका आधारमा खेल सञ्चालन गरिने छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले रु १० लाख तथा दोस्रो हुनेले रु पाँच लाख प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरको उपाधि पाउने खेलाडीले जनही रु ५० हजार पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर