Aamsanchar

झारफुकका नाममा बलात्कार प्रयास गर्ने पक्राउ

Author Image
शुक्रवार, साउन २८, २०७३

कैलाली ।

Sad young woman sitting on the bed

केही दिनदेखि बिरामी महिलालाई भूत लागेको र झारफुक गरेर निको पार्ने भन्दै बलात्कार गर्न खोजेको आरोपमा कैलालीको लम्कीमा शुक्रवार एकजना भारतीय युवक पक्राउ परेका छन् । महिलाको किटानी जाहेरीका आधारमा प्रहरीले स्थानीय मस्तिजमा बस्दैआएका भारतीय नागरीक नगल हसललाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने लम्की बजारमा किराना पसल खोलेर व्यपार गर्दैआउनु भएकी हरिकला (नाम परिवर्तन) विरामी परेपछि औषधि गर्दा निको नभएर चिन्तित रहेका बेला तपाईलाई भूत लागेको हो र म निको पारिदिन्छु भन्दै लम्की टिकापुर रोड नजिकैको मस्जितमा बोलाई झारफुक गर्दै आएको पीडित महिलाले बताउनुभयो । त्यसदिन पनि आरोपित नगुल हसलले बिहानै फोन गरेर झारफुक गर्नुपर्ने भन्दै महिलालाई मस्तिजमा बोलाएको थियो ।
झारफुक उपचारकालागि श्रीमान् र आफन्तसँग जानुभएकी हरिकलाका आफन्तलाई मस्तिज बाहिरै बस्न लगाएर महिलालाई भित्र कोठामा लगेर बलात्कार गर्न खोजेको थियो । प्रहरीमा दिएको बयानमा महिलाले चिच्याउन खोज्दा घाटीमा चाक्कु तेर्साएर मार्ने धम्की दिंदै बलात्कारको कोसिस गर्दा आफू भागेर बाहिर निस्केको जाहेरीवालले बताएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
आफूलाई उपचारका लागि बोलाई बलात्कारको प्रयास गर्न खोज्ने नगुल हसललाई कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै पीडित महिलाले उजुरी गरेपछि प्रहरीले भारतको बहराईच नानपारा घर बताउने अन्दाजी २१÷२२ वर्षीय हसललाई मस्जितवाटै पक्राउ गरेको हो । प्रहरीले थप अनुसंंधान भैइरहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर