Aamsanchar

आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै

Author Image
शनिवार, साउन २९, २०७३

काठमाडौं ।

196347.6विश्व क्रिकेट लिग च्याम्पियनसिपको कम्तीमा शीर्ष चारभित्रको लक्ष्यसहित नेपालले आज पौने चार बजे शीर्ष तथा घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।

नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आर्मस्टेलभिनमा दुईवटा एकदिवसीय खेल खेल्नेछ। यसअघि एकदिवसीयमा नेपाल र नेदरल्यान्ड्स दुईपटक आमनेसामने भएका छन्। २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगतामा नेदरल्यान्ड्स ७ विकेटले विजयी भएको थियो भने एक वर्षपछि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल २ विकेटको जित निकाल्न सफल भएको थियो ।

आठ टोलीसम्मिलित विश्व क्रिकेट लिगमा नेपाल अहिले छैटौं स्थानमा छ भने घरेलु टोली नेदरल्यान्ड्स शीर्ष स्थानमा छ। नेदरल्यान्ड्सले ६ मध्ये ४ खेलमा जित निकालेको थियो भने २ खेल नतिजाविहीन भएको थियो। स्कटल्यान्डविरुद्धको दुई खेलमा नतिजाविहीन बनेको डच टोलीले पपुवा न्युगिनी (पिएनजी) र युनाइटेड अरब इमिरेट्स (युएई) पराजित गरेको थियो।

नेपालले खेलेका ६ मध्ये २ मा मात्र जित निकाल्न सकेको छ। चार महिनाअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई पराजित गरेको थियो। तर त्यसअघि नेपाल स्कटल्यान्ड र पिएनजीसँग पराजित भएको थियो । २०१५ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध ४ ट्वान्टी क्रिकेट खेलेको थियो। जसमा नेदरल्यान्ड्सले ३ खेलजितेको थियो भने अन्तिम खेलमा नेपाल विजयी भएको थियो।

http://www.espncricinfo.com/wcl-championship-2015-17/engine/match/1004261.html स्कोर हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर