

रुकुमपूर्व – हावाहुरीसँगै परेको असिनापानीले मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा हुँदा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका १० वटा रात्रिकालीन बस रोकिएका छन् । त्यस्तै ६ वटा मालवाहक ट्रक पनि सोही स्थानमा रोकिएका छन् ।
सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन भूमे गाउँपालिकाले जेसीबी परिचालन गरेको छ । तर, निरन्तर ढुंगा र लेदो खसेका कारण सडक खुलाउन समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ ।

हावाहुरी र वर्षाले केही घरमा र गहु बालीमा पनि क्षति पुर्याएको छ। क्षतिको विवरण संकलन भइरहेको छ ।

Views: 17


