Aamsanchar

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना अपडेट : दुई जनाको घटनास्थलमै मृत्यु

Author Image
शुक्रवार, जेठ १, २०८३

प्युठान – प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ । भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए ।

मृतकको पहिचान भने अझै खुल्न बाँकी छ । दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर