
प्यूठान – प्यूठानको माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै जीप दुर्घटना भएको छ । लु प्र प ०२ ००१ ज ०१०४ नम्बरको सवारी जीप दुर्घटना परेको हो । घटनास्थलमा दुई जना मृत अवस्थामा देखिएको वडाध्यक्ष बामबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार दुर्घटना कतिबेला भएको यकिन नभएको र सडक मजदुरले जीप दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगिसकेको छ । घटनाबारे थप बिवरण आइसकेको छन् ।
Views: 23


