Aamsanchar

‘विप्लव’ माओवादीद्धारा देशभर शैक्षिक हड्ताल,मंगलबार पनि बन्द

Author Image
सोमवार, साउन ३१, २०७३

school banda ffकाठमाडौँ ।

निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्नेलगायत मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज मुलुकभरका शैक्षिक संस्था बन्द भएको छ ।

सो सङ्गठनको आह्वानमा सामुदायिक र निजी विद्यालय, विश्वविद्यालय मातहतका अधिकांश क्याम्पसको पठनपाठन बन्द भएको हो । सो सङ्गठनले माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले वार्तामा आमन्त्रण गरेपनि शिक्षामन्त्री नियुक्त नभएका कारण निर्णायक वार्ता हुनसकेको छैन ।

सो सङ्गठनले निजी विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने माग पनि राख्दै आएको छ । सङ्गठनका उपाध्यक्ष लालबहादुर तामाङले सरोकारवाला निकायसँग पटक÷पटक वार्तामा बसी सम्झौता गरे पनि कार्यान्वयन नहुँदा शैक्षिक संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । शैक्षिक सुधारका लागि आफूहरुले राखेको माग पूरा हुनुपर्ने भन्दै उहाँले चरणबद्ध आन्दोलनमा जाने बताउनुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन–प्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले आन्दोलनका नाममा शैक्षिक संस्था बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै खतरा मोल्न नसकी आफूहरुले बिदा दिएको जनाउनुभयो । उहाँले सरकारले आफूहरुलाई सहुलियत ऋण वा अन्य सुविधा दिएमा ३० प्रतिशतसम्म छात्रवृत्ति दिन तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘‘सरकारले शिक्षामा लगानी बढाएर वा भौचर प्रणाली लागू गरेर समस्याको समाधान गर्न सक्छ ।’’

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयलाई अस्पताल सरह आकस्मिक क्षेत्र घोषणा गरी निर्वाध पठनपाठन गराउनुपर्ने र सरकारले सम्बन्धित विद्यार्थी सङ्गठनको माग पूरा गर्न पहल गर्नुपर्ने जनाउनुभयो ।

यसैबीच, पटक÷पटक शिक्षालयमा बन्द र हडताल हुनुले विद्यालय शान्ति क्षेत्रको अवधारणा उलङ्घन र विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित भएको शैक्षिक संस्थाले जनाएका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) र शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल लगायतका संस्थाले विद्यालय खुलाउने वातावरणका लागि सरकार र बन्दकर्ता पक्षसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर