Aamsanchar

पुरस्कार वितरणमा बिहेको प्रस्ताव

Author Image
बुधवार, भदौ १, २०७३

एजेन्सीः

Rio-Olympics-Diving-W_Dutt-57b2bc00180cf5.05644755

आफ्नी प्रेमिकालाई बिहेका लागि प्रस्ताव गर्ने सही अवसर कहिले हुन सक्छ ?

चीनका पौडी खेलाडी क्विन काई त रियो दी जेनेरियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको पुरस्कार वितरण समारोहमै आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राखेर रमाइलो समाचारको विषय बनेका छन् । ओलम्पिक खेलकुदअन्तर्गत पौडीको महिला डाइभिङ स्पर्धामा चीनकी ही जीले आइतबार रजत पदक जितेकी थिइन । ओलम्पिक खेलकुदमा पदक जितेको खुसी मनाइरहँदा उनले खुसी हुनुको अर्काे कारण पनि पाइन् ।

जी आफूले जितेको पदक ग्रहण गरेर फर्कंदै थिइन्, अचानक उनका प्रेमी काई उनीतर्फ अघि बढे । त्यसपछि प्रेमी काईले पुरस्कार वितरण समारोहको समाचार संकलनका लागि उपस्थित दर्जनौं सञ्चारकर्मीका अगाडि नै आफ्नी प्रेमिका जीसमक्ष विवाहको प्रस्ताव राखे । पदक लिएर फर्कंदै गरेकी प्रेमिका जीलाई बीचैमा रोकेर काईले आफूले ल्याएको औंठी दिँदै घुँडा टेकेर विवाहको प्रस्ताव राखेका थिए ।

काईको उक्त व्यवहारले रंगशालामा उपस्थित सबैको ध्यान तानेको थियो । त्यसपछि सञ्चारकर्मीका क्यामेराको लेन्स पनि उनीहरूतर्फ नै मोडिएको थियो । रंगशालामा उपस्थित दर्शकले समेत ताली बजाएर उनीहरूलाई साथ दिएका थिए । आफ्नो पूर्वजानकारी बिना नै प्रेमीले सार्वजनिक कार्यक्रममा विवाहको प्रस्ताव गरेपछि जी भने केही लजाएकी थिइन् । केहीबेर अकमक्किएकी जीले प्रेमी काईको प्रस्तावलाई स्वीकार गरेकी थिइन् ।

के तिमी मसँग बिहे गर्छौ, भन्ने काईको प्रस्तावमा जीले ‘यस’ भन्ने जवाफ फर्काएकी थिइन् । केहीबेर रंगशालाको वातावरण नै नै रमाइलो बनेको थियो । काईले प्रेमीका जीलाई विवाहका लागि प्रस्ताव राख्दा टेलिभिजनहरूले पदक वितरण समारोहको प्रत्यक्ष प्रसारण गरिरहेका थिए । टेलिभिजनहरूले काईको प्रस्ताव र जीको स्विकारोक्तिलाई समेत प्रसारण गर्न भ्याए ।

जीले आइतबार महिलातर्फको तीन मिटर स्प्रिङबोर्ड स्पर्धामा रजत पदक जितेकी थिइन् । काईले पनि जारी ओलम्पिकमा पुरुषतर्फको तीन मिटर सिन्क्रोनाइज्ड स्प्रिङबोर्ड स्पर्धामै कांस्य पदक जितेका थिए । जीले आफू पछिल्लो ६ वर्षदेखि काईसँगको प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन् ।

यद्यपि काईले रियो ओलम्पिकका क्रममा आफूलाई यसरी बिहेको प्रस्ताव राख्लान् भनेर आफूले नसोचेको जीले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर