Aamsanchar

मन्त्री निधी आज भारत जाँदै

Author Image
बिहिवार, भदौ २, २०७३

काठमाडौं ।

bimlendra-nidhi-and-krishna-bdr-mahara

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी आज भारत भ्रमणमा जाँदै छन् ।

निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग वार्ता गर्ने कार्यक्रम छ । मन्त्री निधीले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्नेछन् ।

नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध चाहन्छ, मधेसी दलको माग सम्बोधन गर्र्न तयार छ भन्ने सन्देश प्रवाह गर्नुका साथै प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्नु मन्त्री निधीको भ्रमणको उद्देश्य रहेको छ ।

त्यसैगरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा नेपालका राष्ट्रपतिको भारतको भ्रमणको विषयमा पनि यस पटक छलफल हुने छ ।

उता, चीन भ्रमणमा रहेका अर्का उपप्रधान एवं अर्थमन्त्री कृणबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन भ्रमणमा रहनु भएका अर्थमन्त्री महराले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर