Aamsanchar

रेलको ठक्करबाट एक नेपालीको मृत्यु,घटना स्लोभाकियाको

Author Image
बिहिवार, भदौ २, २०७३

लन्डन ।

स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए ।

मृतक लामाको शव ब्राटिस्लावाको इन्स्ट्च्यिुट अफ मेडिसिन अस्पातलमा राखिएको छ ।

लामाको दुर्घटनाबाट मृत्यु भएको औपापचारिक जानकारीे बर्लिनस्थित स्लोभाकियान दूतावासले नेपाल दूतावासलाई दिएको थियो ।

लामाको लास नेपाल पठाउनको लागि सहयोग जुटाउन गैरआवासीय नेपाली संघका संरक्षक दिल गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको एनआरएन जर्मनीले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतकको लास नेपाल पठाउन करिब ५ हजार युरो संकलनमा सहयोग गर्न एनआरएन जर्मनीले अपिल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर