Aamsanchar

लाप्लेजुङको पाथीभरा गोल्डकपको उपाधि झापा दमकको गोर्खा स्पोर्टिङ क्लबलाई

Author Image
शुक्रवार, भदौ ३, २०७३

pathivara goldcup

ताप्लेजुङ ।

ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप नकाउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ ।

सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा उपाधिका लागि आज दिउँसो भएको प्रतिस्पर्धामा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानी ताप्लेजुङलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै दमकले उपाधि जितेको हो ।

खेलको १८ औँ मिनेटमा सङ्घर्ष स्पोर्टिङ क्लबका जर्सी नम्बर ७ का खेलाडी क्रिस राईले गोल गरेसँगै निकै दबाबमा परे पनि मध्यान्तरपछिको ६१ औँ मिनेटमा दबाबमा रहेका गोर्खा स्पोर्टिङ क्लबका जर्सी नम्बर ४ का खेलाडी दिलेन लोत्तामले गोल गरेर बराबरीमा पारेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो । यस्तै मध्यान्तरपछिकै ७९ औँ मिनेटमा दमकका जर्सी नम्बर ११ का सुजल श्रेष्ठले पेनाल्टी सुटआउटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
जितसँगै विजेता गोर्खा स्पोर्टिङ क्लब दमक झापाले पाथीभरा गोल्डकप, पदक र प्रमाणपत्रसहित नगद रु एक लाख ५१ हजार १११ हात पारेको छ भने उपविजेता बनेको घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लबले नगद रु एक लाख ११ हजार १११ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

यता आजै भएको कञ्चनजङ्घा च्यालेन्ज रनिङकप महिला फुटबल प्रतियोगिताको उपाधि पारिजात महिला फुटबल क्लब झापाले हात पारेको छ । उसले सूर्योदय युथ क्लब मोरङलाई एक गोल अन्तरले हराउँदै उपाधि हात पारेकोे हो ।

विजेता झापाले कञ्चनजङ्घा च्यालेन्ज रनिङ कप, पदक र प्रमाणपत्रसहित नगद रु ५१ हजार १११ प्राप्त गरेको छ भने उपविजेता मोरङले पदक र प्रमाणपत्रसहित नगद रु ३१ हजार १११ हात पारेको छ ।

२०२९ सालदेखि लाखे जात्राको अवसरमा हरेक वर्ष आयोजना गरिँदै आएको यस वर्षको पाथीभरा गोल्डकप प्रतियोगिता भने गत शुक्रबारदेखि सुरु भएको थियो । लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा भएको प्रतियोगितामा यो वर्ष रोयल फुटबल क्लब सिलगुढी भारत र पूर्वाञ्चलनका विभिन्न सात टिमसहित आठ टिमको सहभागिता रहेको थियो ।

पछिल्लो समय भारतीय टिमको समेत सहभागिता हुन थाले पछि हरेक वर्ष आयोजना हुने प्रतियोगितामा भारत लगायत नेपालका विभिन्न जिल्लाका दर्शकको आकर्षण बढ्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर