Aamsanchar

काँग्रेसले आज मन्त्रीको नाम टुङ्गो लगाउने

Author Image
बुधवार, भदौ ८, २०७३

काठमाडौँ।

kangrsh

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँगको परामर्शपछि सरकारमा जाने मन्त्रीहरूको नाम पठाउने तयारी गर्नुभएको छ ।

सम्भवतः बुधबार सरकार विस्तार हुने बुझिएको छ ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भन्नुभयो, पार्टीबाट १२ वटा मन्त्रालयमा मन्त्रीहरूको नाम पठाइने छ ।

काँग्रेसले १३ वटा मन्त्रालय पाएको चर्चा यसअघि भए पनि मन्त्री लेखकले काँग्रेसले १४ वटा मन्त्रालय पाउने जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले काँग्रेसले पाउने सबै मन्त्रालयमा मन्त्रीहरूको नाम बुधबार पठाउने तयारी भएको जानकारी दिनुभयो ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर