Aamsanchar

आइएस प्रवक्ता अल अदनानी मारिए

Author Image
बिहिवार, भदौ १६, २०७३

बेरुतः

_Abu-Mohammed-al-A_3351516b-57c7deb4add047.65563159

रूसी रक्षा मन्त्रालयले आतंकवादविरुद्ध मंगलबार सिरियामा गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट (आइएस) का प्रवक्ता तथा प्रमुख रणनीतिकारको मृत्यु भएको जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी आफ्नो गुप्तचर संस्थाले रूसद्वारा अलेप्पोमा गरेको हवाई आक्रमणमा आइएसका ४० जना लडाकुसहित यसका प्रवक्ता अबु मोहम्मद अल अदनानी मारिएको खुलासा गरेको छ ।

आइएस प्रवक्ता अदनानीको मृत्यु आइएसका लागि निकै ठूलो क्षति हुने रूसले बताएको छ । आइएसका प्रमुख नेताहरूका लागि सिरिया र इराक महत्वपूर्ण आ श्रयस्थल मानिँदै आएका छन् ।

त्यसैगरी अमेरिकाले पनि अदनानीविरुद्ध लक्षित गरी सिरियाली प्राचीन सहर अलेप्पोको उत्तरपूर्वी भागमा हवाई आक्रमण गरेको पेन्टागनका प्रेस सेक्रेटरी पिटर कुकले दाबी गर्दै कारबाहीमा भएको क्षतिबारे सूचना लिइरहेको बताएको छ ।

आइएस प्रवक्ता अदनानी पश्चिमा मुलुकविरुद्ध कारबाही सशक्त बनाउन आफ्नो समूहलाई निरन्तर प्रोत्साहित एवं निर्देशन दिँदै आएका आइएस समूहका महत्वपूर्ण व्यक्ति भएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर